स्पेनिस फुटबल ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले लेभान्टेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
बुधबार राति लेभान्टेको मैदानमा भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेपनि बराबरी गर्यो, लेभान्टेका इनिस बार्धीले एट्लेटिकोका मार्कोस लोरेन्टेले समान एक एक गोल गरे ।
खेलको १७औं मिनेटमा इनिस बार्धीको गोलबाट लेभान्टले अग्रता लिएको थियो । ३७औं मिनेटमा मार्कोस लोरेन्टेले कोकीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफमा भएको १-१ गोल नै निर्णायक रह्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीसँगै शीर्षस्थानमा रहेको एट्लेटिकोको २२ खेलबाट ५५ अंक पुगेको छ । लेभान्टे २८ अंक जोडेर ११औं स्थानमा छ ।
प्रतिक्रिया