पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ‘एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ गौरिका र पुरुषतर्फ मन्दे सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
यस्तै यस पटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्ड पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामीले प्राप्त गरे । दुबैले जनही ५०/५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतिभावान खेलाडीको अवार्ड पुरुषमा फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरे । उनीहरुले जनही ५०/५० प्राप्त गरे ।
यस्तै अवार्ड कार्यक्रममा विभिन्न २६ खेलका उत्कृष्ट खेलाडीलाई ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २६ खेलका प्रत्येक खेलाडीले जनही १०/१० हजार नगद प्राप्त गरे ।
कुन खेलमा कुन खेलाडी उत्कृष्ट ?
सर्वोत्कृष्ट खेलाडी :
पुरुष – मन्देकाजी श्रेष्ठ (कराते)
महिला – गौरिका सिंह (पौडी)
राइजिङ प्लेयर अवार्ड :
पुरुष – सुवास तामाङ (गल्फ)
महिला – संगीता धामी (कुस्ती)
प्रतिभावान खेलाडी :
पुरुष – सुजल श्रेष्ठ (फुटबल)
महिला- आयशा शाक्य (तेक्वान्दो)
पारा एथ्लेटिक अवार्ड – केशव थापा (टेबलटेनिस)
स्पोर्ट्स जर्नालिस्ट अवार्ड – रोशन सिंह राउत (खेलपत्रकार)
गजराज आदर्श खेलाडी अवार्ड – अकबर शाह (कराते)
२६ खेलका विजेता –
आर्चरी – सनातन मल्ल
एथलेटिक्स – सन्तोषी श्रेष्ठ
ब्याडमिन्टन – रत्नजित तामाङ
बास्केटबल – अनुशा मल्ल
बक्सिङ – मिनु गुरुङ
क्रिकेट – अन्जली चन्द
साइक्लिङ – बुद्धि बहादुर तामाङ
फेन्सिङ – रबिना थापा
फुटबल – सुजल श्रेष्ठ
गल्फ – सुवास तामाङ
ह्यान्डबल – कल्पना ओली
जुडो – देविका खड्का
कब्बड्डी – मेनुका कुमारी राजवंशी
कराते – मन्देकाजी श्रेष्ठ
खोखो – श्याम बुढाथोकी
टेनिस – प्रदिप खड्का
सुटिङ – कल्पना परियार
स्वीमिङ – गौरिका सिंह
स्क्वास – विपना ब्लोन
टेबलटेनिस – पुरुषोत्तम बज्राचार्य
तेक्वान्दो – आयशा शाक्य
ट्रायोथोलन – सोनी गुरुङ
भलिबल – कुल बहादुर थापा
भारोत्तोलन – विकास थापा
कुस्ती – संगीता धामी
उसु – जुनी राई
प्रतिक्रिया