Logo

युनाईटेड र सिटी बिजयी



इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाईटेडलाई पराजित गरेको छ ।

युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा आइतबार राति भएको खेलमा घरेलु टोली युनाईटेडले न्युक्यासललाइ  ३-१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस रासफोर्ड, ड्यानियल जेम्स र ब्रुनो फर्नान्डेसले गोल गरे । न्युक्यासलका लागि एलान सेन्ट म्याक्सीमिनले एक गोल फर्काए ।

जितसँगै दोस्रो स्थानमा रहेको युनाईटेडको २५ खेलबाट ४९ अंक पुगेको छ। पराजित न्युक्यासल २५ अंक जोडेर १७औं स्थानमा छ।

प्रिमियर लिगकै अर्को खेलमा  शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ ।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा सिटीको जितमा रहिम स्टर्लिङले पहिलो हाफको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

जितसँगै सिटी २५ खेलबाट ५९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित आर्सनल ३४ अंक जोडेर १०औं स्थानमा छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार ०८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।