Logo

यसरी थन्क्याइयो एक अर्व रुपैयामा किनेका रेल



केही दिन अघि जनकपुरमा रेल आइपुग्यो भन्दै निकै चर्चा भयो । भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेका नयाँ दुई सेट रेल शुक्रबार दिउँसो जनकपुरधाम ल्याउँदा हेर्नेको निकै ठूलो भिड लाग्यो । टाढाको जिल्लावाट समेत रेल हेर्न स्थानिय जनकपुर पुगेका थिए ।

पहिलो चरणमा जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि उक्त दुई सेट रेल निर्माण कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । नेपालले करिब एक अर्ब रुपैयाँमा किनेका रेल धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवामा त्रिपाल ओढाएर पार्किङमा राखिएका छन्। कुनै तयारी बिना ल्याइएका रेल अहिले त्रिपाल ओढाएर राखिएका हुन् ।

जनकपुर–जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित नेपाल भित्र्याइएका दुई रेल नेपाललाई हस्तान्तरण गरेपछि अहिले पार्किङमा राखिएका छन्। दशैं तिहारवाट सञ्चालन गर्ने भनिएको भएपनि अहिले सम्म कुनै तयारी गरिएको छैन । कर्मचारी र लिक ब्यवस्थापनको काम समेत नहुँदै आएको रेल पार्किगंमा राखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरोना संक्रमण कम हुनासाथ रेल नियमित सञ्चालन गर्ने बताएको छ।

नेपाल रेल्वे कम्पनीले डेढ सयभन्दा बढी कर्मचारीको भर्ना खुलाएको छ भने ड्राइभरसहितका २६ जना दक्ष जनशक्ति भारतबाट आउने बताइएको छ। सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो। भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  ६ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।