Logo

डाक्टर केसीमाथि भएको ज्यादतीको सर्वत्र निन्दा सरकारले आफ्नो पतनको बाटो आफै खन्दै छन्



अनसनरत डाक्टर गोविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टरमा प्रहरीले ल्याएकोमा सर्वत्र निन्दा भएको छ। त्रिवि शिक्षण अस्पताल ल्याउने तयारीसहित अस्पतालबाट एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइए पनि प्रहरीले केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो।

जुम्लामा अनसन बसेका केसीलाई नेपालगञ्ज हुँदै जहाजमा मंगलबार काठमाडौं ल्याइएको थियो। डाक्टर केसीले आफू पहिले काम गरेको अस्पताल टिचिङ जाने इच्छा गरे पनि प्रहरीले त्यो कोरोना अस्पताल रहेको भन्दै ट्रमा सेन्टर पुर्‍याएको हो। एम्बुलेन्सबाट झर्न नमानेका केसीलाई प्रहरीले जबरजस्ती झारेको भिडिओको सामाजिक सञ्जालमा चर्चा छ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अनसनरत् डाक्टर केसीलाई सरकारले सम्मान गर्न सिक्नुपर्ने बताएका छन्। ‘यो राजाको निरंकुश पञ्चायती शासन हो कि ओलीको कमाउनिष्ट शासन होरु,’ ट्वीट गर्दै भट्टराईले सोधेका छन्, ‘डा.केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक१ स्वास्थ्य क्षेत्रको सुधार निम्ति डा। केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं।

यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अनसनरत केसीलाई सरकारले दुर्व्यवहार गरेको बताएका छन्।‘जनताको स्वास्थ्यसेवा, सुविधासँग सम्बन्धित माग राखेर अनसनरत डा। केसीप्रति सरकारले गरेको दुर्व्यवहार व्यक्तिको संविधानप्रदत्त अधिकार माथिको बर्बरतापूर्ण आक्रमण हो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘यसको जतिसुकै निन्दा गरे पनि पुग्दैन१ डा। केसीको अस्पताल रोज्ने अधिकारको सम्मान गर !केसीका माग तत्काल पूरा गर !

कांग्रेसका सांसद गगन थापाले सग्राग्रही केसीमाथि दुर्व्यहार हुनु क्रुरताको पराकाष्ठा भएको उल्लेख गरेका छन्।‘सत्याग्रहीमाथिको दुर्व्यवहारस् क्रुरताको पराकाष्टा थापाले गरेको ट्वीटमा भनिएको छ, ‘सत्याग्रहीलाई इच्छाविपरीत छुन पनि पाइँदैन। तर अनसनरत डा। केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ। क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ। सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ।’

लेखक तथा राजनीतिक विश्लेषक हरि शर्माले डाक्टर केसीलाई राज्यले अशोभनीय व्यवहार गरेको उल्लेख गरेका छन्।‘डाक्टर केसीलाई राज्य, शासन प्रशासन प्रहरीले गरेको व्यवहार अशोभनीय र लज्जास्पद छ। नेपाली नागरिक हुँ भन्न गाह्रो भयो कहाँ लुक्नेरु,’ शर्माले ट्वीट गर्दै प्रश्न सोधेका छन्।यसैगरी, कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले अनसनरत केसीलाई प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै अपहरण शैलीमा नियन्त्रणमा लिनु निन्दनीय भएको बताएका छन्।

‘सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै जसरी अपहरण शैलीमा नियन्त्रणमा लियो त्यो अत्यन्तै आपत्तिजनक र निन्दनीय छ,’ ट्वीटमा उनले भनेका छन्, ‘नागरिकले शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाउने संवैधानिक हकमाथिको राज्यको यस्तो निर्लज्जता र बर्बरता काम तुरुन्तै बन्द गरियोस्।’

डाक्टर अभिषेकराज सिंहले डाक्टर केसीमाथि राज्यको व्यवहारले फरक विचार राख्नेलाई प्रहरी लगाएर दबाउने राज्यको सञ्चालकको सोच हो भन्ने देखाउने बताएका छन्। ‘डाक्टर केसीमाथि राज्यको आजको व्यवहारले राज्यको सोच र चरित्र स्पष्ट पार्दछ। यो केवल केसीमाथि मात्रैको प्रहार नभएर फरक विचार राख्नेलाई प्रहरीलाई लागाएर दबाउने राज्य सञ्चालकको सोच हो१,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘स्मरण होस् पूर्वराजाले सम्पूर्ण राज्य, सेना आफूसँग हुँदा त जनताको विचार दबाउन सम्भव भएन१’

पत्रकार किरण भण्डारीले पटकपटक दण्डित हुने एक्ला व्यक्ति डाक्टर केसी भएको उल्लेख गरेका छन्। ‘हाम्रो देशमा कस्तो प्रवृत्ति पूजनीय छ, सबैलाई कण्ठाग्र छ। पटकपटक दण्डित हुने चाहिँ ुगोविन्द केसीु एक्लै रहेछन्। सत्याग्रहीलाई सलाम,’ उनले ट्वीट गर्दै भनेका छन्।

डा। केसीले ट्रमा सेन्टरको बेडबाट प्रहरीले आफूलाई जबरजस्ती ट्रमा सेन्टर ल्याएकाले कुनै पनि परीक्षण र उपचार स्वीकार नगर्ने बताएका छन्।शिक्षण अस्पताल जाने भने पनि आफूलाई प्रहरीले इच्छाविपरीत ल्याएको डा केसीको प्रतिक्रिया छ। आफूमाथि यस्तो गरिनुमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गरेको हुनुपर्ने दाबी गरेका छन्।

स्वास्थ्य अवस्था बिग्रँदै गए पनि अनसन बसेको  ठाउँ जुम्लामा पनि केसीले उपचार अस्वीकार गरेका थिए। केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगे पनि उनले उपचार गर्न मानेका थिएनन्। डा केसीलाई टिचिङ नलगेर ट्रमा लैजानुमा प्रहरीले कोरोना संक्रमणको कारण देखाएको छ। शिक्षण अस्पताललाई सरकारले कोभिड अस्पताल तोकेको छ।

‘डाक्टर केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी चिकित्सकहरूको सल्लाह बमोजिम ट्रमा सेन्टरमा पुर्‍याउन प्रहरीले सहयोग गरेको हो’ महानगरीय प्रहरी कार्यालयले सूचना निकाल्दै भनेको छ। प्रहरीले भने डाक्टर केसीलाई अनुरोध गर्दा पनि नमानेपछि जबरजस्ती गर्नु परेको बताएको छ।

उहाँलाई किन ट्रमा लगिएको कुरामा मैले बोल्ने कुरा होइन। तर वीर र टिचिङलाई कोभिड डेडिकेटेड अस्पताल बनाएको भएर त्यहाँ लगिएको हुन पर्छ, महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने उहाँ जाँदै जानुहुन्न भनेर प्रहरीले बाटोमै छाड्न मिल्छ ररु दुई हात जोडेर नमस्कार गरेको छ। त्यो पनि खिच्दिनु पर्‍यो नि। झर्नै नखोज्नु भएपछि त्यस्तो भएको हो।

सर्वत्र विरोधपछि मंगलबार साँझ डाक्टर केसीलाई ट्रमा सेन्टरबाट डिस्चार्ज गरी शिक्षण अस्पताल पुर्‍याइएको छ। चिकित्सा शिक्षा सुधारलगायत माग राखेर केसीले थालेको यो १९ औं सत्याग्रह हो। सत्याग्रहले उनको रक्तचाप कम, रगतमा चिनीको मात्रा कम देखिएको छ। मांसपेशीहरू बाउँडिने समस्या छ। मुटुको धड्कन पनि अनियमित छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनको माग छ। गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरू गर्न उनले माग गरेका छन्। प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उनले माग गरेका छन्।

मागको दोस्रो बुँदामा मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने उल्लेख छ। कोभिड तथा अन्य रोगका सबै बिरामीहरूका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने केसीको माग छ।

२०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने केसीको अर्को माग छ। यस्तै, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन्।

बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निस्शुल्क सेवा सुनिश्चित गर्न र राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीदलगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न केसीले माग गरेका छन्।

उनले बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारूढ दलका नेतामाथि छानबिन र कारबाही चलाउन माग गरेका छन्। यी सबै प्रकरणका दोषीलाई कारबाही नगरी उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरूमाथि पनि छानबिन र महाभियोग लगायतका कारबाही गर्न उनले माग गरेका छन्।

 

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  ७ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।