केदारस्युँ गाउँपालिका ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिराको जोखिममा परेको छ। अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिराले बगाएकाले भवन पनि जोखिममा परेको हो। साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्रांगण पहिराले लगेकोे प्रधानाध्यापक मानबहादुर धामीले बताए। उनले भने, ‘लगातारको वर्षाका कारण भवनसमेत भत्कने खतरा छ। भिरालो जमिनमा विद्यालय भएकाले…