२०७६ साल वैशाख २ गते सोमबारको राशिफल
  • अनलाइनपाना संवाददाता
  • आइतवार, बैशाख १, २०७६
  • काठमाडौँ

मेषः—

साना कुरालाई लिएर आफन्तमा विवाद उत्पन्न हुन सक्छ । अरुको काम गरेर जश मिल्ने छैन । मानसिक चिन्ता बढ्नेछ । व्यापार व्यवसायबाट उचित फल मिल्ने छैन । खर्चमा तिव्रता आउनेछ ।

वृषः—

आफ्नो ख्याल आफैले राख्नु होला । काम गर्न पछि परिने छैन । उद्योग धन्दमा प्रगति हुनेछ । अरुबाट सहयोग पाउने आशा नराख्नु होला । गरेका काम फलदायी नै होलान् । आय बढ्नेछ ।

मिथुनः—

संयम भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । अरुको भरोसा कम गर्नु होला । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । कारोवारमा भने ध्यान दिनै पर्ने देखिन्छ ।

कर्कटः—

समय थोरै अनुकुल देखिन्छ । गरेका काम सफल हुनेछन् । आम्दानी खर्चको सन्तुलन मिल्नेछ । आत्मियजन बाट सहयोग मिल्नेछ । यात्राको सम्भावन देखिन्छ । गएका ठाँउमा स्वागत सत्कार मिल्नेछ ।

सिंहः—

आफुले मात्र बल गरेर केहि हुने छैन समयले कम साथ दिने देखिन्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । अनावस्यक खर्च बढ्नेछ । अरुको भर धेरै नपर्नु होला धोका दिन सक्छन् ।

कन्याः—

कुनै काम गर्नु छ भने ढिला सुस्ति नगर्नु होला । ढिला गर्दा आफैलाई घाटा हुनेछ । समयमा गरेका काम भने सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट सहयोग कम मिल्नेछ ।

तुलाः—

कसैको लागि प्रेरणको स्रोत बन्न सकिन्छ । गरेका काम सफल त हुने नै छन् आय र प्रतिष्ठा पनि बढ्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखा पर्ने छन् । मन प्रफुल्लित हुनेछ ।

वृश्चिकः—

आफुलाई केन्द्र विन्दुमा राखेर काम गर्नु होला । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । भाग्यले थोरै साथ दिनेछ । धार्मिक यात्रा हुन सक्ने कुरालाई नकार्न सकिन्न ।

धनुः—

समयमा सुधार आउन अझै प्रतिक्षा गर्नु पर्ला । अनावस्यक काममा नै समय र धनको नाश हुनेछ । व्यापार व्यवसायमा पनि सुधार आउने देखिन्न । आफन्तजनसँग बैरभाव बढ्न सक्छ ।

मकरः—

काममा ढिला सुस्ति नगर्नु होला,ढिला गर्दा काम विग्रन सक्छ । समयमा काम गर्न सक्नु भयो भने लाभ पनि लिन सक्नु हुनेछ । व्यापार व्यवसायबाट लाभान्वित भईनेछ । आफन्तसँग भेटघाट होला ।

कुम्भः—

विवादको टुङ्गो लाग्ने प्रवल सम्भावना छ । व्यापार व्यवसायमा सुधारका प्रशस्त सम्भावना देखिने छन् । काम गर्दा गाह्रो नमानी कन गर्नु होला । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ ।

मिनः—

समयमा काम गर्न सके फाइदा लिन सकिने छ नत्र फाईदा अरुलाई पनि बाढ्नु पर्ला । भावावेगमा आएर कुनै पनि काम नगर्नु होला । विरोधीको बक्रदृष्टि तपाई माथि पर्दैछ सर्तक रहनु होला ।