राम्रोका लागि जब सांसद बाबुले भनेको कुरा छोरीले गलत बुझ्दा…
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, असार २६, २०७६
  • काठमाडौँ

नेपालीमा एउटा भनाई छ कि आमा–बाबुको मन छोछोरीमाथि छोराछोरीको मन ढुंगामुडामाथि । यस्तै एक घटना अहिले बाहिर आएको छ । जसले त्यो भनाईलाई पुष्टी गर्छ । यहाँ एक पिताले छोरीको भविष्यका लागि भनेर गरेको चिन्तालाई छोरी गलत अर्थ लगाएकी छिन् । यो घटना भारतको हो ।

उत्तर प्रदेश भारतीय जनता पार्टीका विधायककी छोरीले दलित केटासँग विवाह गरेको भन्दै ज्यान लिने धम्की दिएको बताइएको छ । उनकै छोरीले एक भिडियो जारी गरेर पिताले आफु र आफ्ना पतिको हत्या गर्नको लागि मान्छेहरु लगाइरहेको भन्दै उनीहरुले सुरक्षा मागेका हुन् । २३ वर्षीय साक्षी मिश्राका पिता राजेश मिश्रा बरेली जिल्लाको बिठारी चैनपुरबाट विधायक छन ।

साक्षीले बुधबार एक भिडियो सामाजिक सञ्जालमा राख्दै आफुले आफुभन्दा ७ वर्ष धेरै उमेरको २९ वर्षीय अजितेश कुमारसँग विवाह गरेको बताएकी छिन् । उनीहरुको यो विवाहलाई लिएर उनका पिता लगायत घर परिवारलाई राम्रो लागेको छैन । उनले आफुहरुलाई केही पनि नचाहिएको भन्दै खुल्ला छोडेर शान्तिपुर्वक बाँच्न पाउँने कुरा सुरक्षित गर्न अपिल गरिएको छ ।

उनले आफ्नो माइती पक्षलाई अजितेशको घर परिवारका कसैलाई केही भएमा त्यसको नतिजा गलत हुने भन्दै पितालाई चेतावनी दिएकी छिन् । आफुहरु भाग्दा भाग्दै थाकेको भन्दै अब धेरै भाग्न नसक्ने भन्दै उनीहरुले सुरक्षा माग गरेका हुन् । उनीहरुका अनुसार यदी विधायकले पठाएका गुण्डाहरुले उनीहरुलाई भेटेको भए ज्यान अवश्य लिनेछन् ।

उनीहरु बसेको होटलसम्म गुण्डा परिचालन गरिएको आरोप लगाइएको छ । यता उनका पिताले भने केटा उमेरमा धेरै भएको र कमाई राम्रो नभएको भन्दै छोरीको भविष्यलाई लिएर आफुले चिन्ता व्यक्त गरेको बताएका छन् । उनले जातको विषयमा भन्दा पनि केटाले छोरीलाई दुःख दिन्छ भन्ने बारेमा आफुलाई पिर भएको बताएका छन् ।

उनले जातमा आफ्नो कुनै आपत्ति नरहेको तर गलत गरेका बच्चाले भावनात्मकतामा खेल्न जातको संवेदनशीलतामा खेलेको उनको दुखेसो छ ।