२०७६ साल साउन ०३ गते शुक्रबारको राशिफल
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, साउन २, २०७६
  • काठमाडौँ

वि.सं.२०७६ साल साउन ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ जुलाई १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि तृतीया,अहोरात्र । नक्षत्र धनिष्ठा,५४ घडी ३७ पला,रातको ०३ बजेर ११ मिनेट उप्रान्त शतभिषा । योग आयुष्मान,५९ घडी १९ पला,रातको ०५ बजेर ०४ मिनेट उप्रान्त सौभाग्य । करण वणिज,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा धाता योग । चन्द्रराशि मकर,दिउसो ०१ बजेर ५६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ०५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिस सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ति गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेकोछ सजक रहनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कार्यक्षेत्रमा तारिफयोग्य काम गरि लोकप्रियता कमाउँन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिष्पर्धिहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको बाताबरण बढेर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । बिहानको समयमा धार्मिक यात्राको प्रवल सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

धार्मिक तथा अध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथिभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बढि प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउँने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यावसायबाट मनग्गे धन आर्जन हुनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्राको तय हुनेछ । भौतिक सम्पति तथा बिलाशी सामान उपाहारको रुपमा प्राप्त हुनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्नेछन् । बिहानको समय मध्ययम रहेकोले कुनैपनि मुद्दामामिला तथा बिवादमा सामेल नहुनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने सत्रु परास्त हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । व्यापारमा लगानि गरि दिगो फाईदा हुने कार्य शुभारम्भ आरम्भ गर्न सकिनेछ । पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्तहरु टाडिने तथा पति पत्निविच सामान्य मनमुटावको सिर्जना हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । पराक्रमि तथा पुरुषार्थि का गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सुचना प्रबिधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापारबाट भनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसायमा लगानि गर्ने अवसर जुर्नेछ । सापटि लगिएका धन तथा सम्पति फिर्ता हुने योग रहेकोछ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाइैकै पोल्टोमा पर्नेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समय फलदायि रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समाजसेवा तथा राजनितिमा समय व्यातित गर्नेहरुका लागि समय मध्ययम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दि आउँने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तरपनि सुचना प्रबिधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनकै शिलशिलामा यात्रा गर्न सकिनेछ तथा अलि बढि समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ । तपाईको दिन शुभ रहोस् ।