प्रोग्रेशिभ फाइनान्स लिमिटेडका पदाधिकारीहरुले गरे सपथ ग्रहण
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, साउन २, २०७६
  • काठमाडौँ

प्रोग्रेशिभ फाइनान्स लि.ले २०७६ आषाढ २९ गते आइतबार सम्पन्न बार्षिक साधारण सभाबाट ६ जना नवनिर्वाचित संचालकहरु मध्येबाट अध्यक्षमा चयन भएका किशोर कुमार महर्जनले बिहिवार शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक कार्यक्रमका बीच उनलार्ई शपथ ग्रहण गराएका हुन् ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु, संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । अध्यक्षको शपथ ग्रहण गरे लगत्तै उनले नवनिर्वाचित अन्य सञ्चालकहरुलाई पनि विधिवत रुपमा शपथ ग्रहण गराएका छन् ।