डुब्ने खतरामा रहेका ५ बैंकहरु, नयाँ नीतिले कुमारी बैंकका सीईओ तनाबमा
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, फाल्गुन ९, २०७५
  • काठमाडौँ

चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षा गत सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक ग-यो । उदोगी व्यवसायीहरुले ब्याजदरको विषयमा निकै ठूलो विरोध गरेपछि त्यसलाई समेत सम्वोधन गर्ने भन्दै राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त नीतिको मध्यावधि समीक्षाले ५ वटा बैंकहरुको भने निध हराम भएको छ ।

विशेष गरेर वाणिज्य बैंकहरुमा प्राईम कमर्शीयसल बैंक, सेञ्चुरी कमर्शीयल बैंक, कुमारी बैंक, सिभिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको निद हराम भएको छ । मध्यावधी समीक्षामा ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था मिलाइनेछ व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आर्थिक वर्ष २०७५-७६ को मौद्रिक नीतिको अर्ध –वार्षिक समीक्षामा अर्को महत्वपपूर्ण कुरा राष्ट्र बैंकले वााणिज्य बैंकहरुले स्वीकार गर्ने कल निक्षेपको रकम आफ्नो कुल निक्षेपको १० प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था मिलाइने उल्लेख गरेको छ । यो व्यवस्था नै विशेष गरेर ५ वाणिज्य बैंकहरुको निद हराम भएको छ ।

कसरी भयो त निद हराम ?

बैंकहरुले धेरै ब्याज लिएको, आफू खुसी ब्याजदर बढाएको भन्दै सडक आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरुले आफ्ना मागहरु सम्वोधन गर्न मुलुकका कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत सुनाए । उद्योगी व्यवसायीहरुका मागहरु सम्वोधन गर्न मुलुककै कार्यकारी प्रमुखबाट निर्देशन भएपछि बैंकले गम्भीर रुपमा लियो । सोही आधारमा मौद्रिक नीतिको मध्यावधी समीक्षा तयार पार्यो ।

यसमा धेरै विषय समेटिएका छन् जसले गर्दा प्राईम कमर्शीयसल बैंक, सेञ्चुरी कमर्शीयल बैंक, कुमारी बैंक, सिभिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लगायतको निद हराम भएको छ । हामीले यहाँ चर्चा गर्न खोजेको विषय चाहिँ कल डिपोजिटको हो ।

यि ५ बैंकहरुको कल डिपोजिट २१ प्रतिशत भन्दा बढी रहेको छ । राष्ट्र बैंकले कल डिपोजिट १० प्रतिशतमा झार्ने भए पछि यि बैंकहरु डुबिन्छ कि भन्ने चिन्ताले सातो उठेको छ ।

ठूला बैंकको बचत खातामा रहेको पैसा तान्न साना बैंकले कल डिपोजिट बढाएको तर यो व्यवस्थाले ति बैंकहरु तनाबमा पर्ने एक बैंकरले अनलाइनपानालाई बताए । नाम नबताउने शर्तमा ति बैकरले भने, ‘राष्ट्र बैंकको त्यो नीतिले ति बैंक साह्रै समस्यामा पर्ने भएका छन् ।’ कल डिपोजिटमा रहेको निक्षेप जुनसुकै बेला पनि बाहिरिने भएकाले त्यसलाई आधार मानेर ऋण दिँदा बैंकहरु समस्या फस्ने समस्या हुन्छ ।

कुन बैंकको कल डिपोजिट कति ?

कल डिपोजित १० प्रतिशतमा झार्ने भए पछि धेरै भएका निम्न बैंकहरु समस्यामा पर्ने भएका छन् ।

प्राईम– २९.२८ प्रतिशत
सेञ्चुरी– २३.८५ प्रतिशत
कुमारी २१.९५ प्रतिशत
सिभिल– २१.६९ प्रतिशत
एनसीसी– २१.०८ प्रतिशत

कुमारी बैंकका सीईओ तनाबमा

यो व्यवस्थाले यतिबेला सबैभन्दा धेरै कुमारी बैंकका सीईओ अत्तालिएको श्रोतले बताएको छ । कुमारी बैंकको सीईओ अहिले सुरेन्द्र भण्डारी हुन् । उनी कुमारी बैंकका संस्थापक सीईओ समेत हुन् । तर संस्थापक भए पनि सञ्चालक समितिमा बिवाद भएका कारण उनले बैंक छाडेका थिए ।

सिद्धार्थ बैंकको सीईओको रुपमा काम गरीरहेका सुरेन्द्र भण्डारी सिद्धार्थमा समेत बिवादमा परे पछि कुमारी बैंकमा रि–इन्ट्री गरेका थिए । कुमारी बैंकलाई राम्रो बनाउने प्रतिवद्धता सहित २०७४ जेठ २२ गते पुनः नियुक्ति लिएर कुमारी छिरेका भण्डारी राम्रो काम गर्न नसकेका कारण यतिबेला तनाबमा देखिएका हुन् । अन्य बैंकहरुको तुलनामा कमजोर देखिदै गएको कुमारी त्यसमा पनि राष्ट्र बैंकको नयाँ व्यवस्थाले सीईओ भण्डारी तनाबमा परेको श्रोतको दावी छ ।

छुटाउनु भयो कि ?

खतराको सूचकमा सनराइज बैंक ! लगानी डुबेपछि सीईओ तनाबमा

कुमारी बैंकको हालत खराब ! कर्जाको ब्याज तिर्नै नसकिने