एनएमबी बैंकको ‘कर्तुत’ : कारोबार ठप्प पारेर ग्राहकलाई सास्ती
  • अनलाइनपाना संवाददाता
  • सोमवार, बैशाख २, २०७६
  • काठमाडौँ

नयाँ वर्षको उपलक्ष्यमा आफन्त, साथीभाई लगायतलाई विभिन्न उपहार तथा शुभकामना आदान प्रदान गर्नेे क्रम चलिरहेको छ । यता नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान चलिरहेका बेला उता एनएमबि बैंकले भने ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा उपहार र शुभकामना नभएर सास्ती दिइरहेको खबर छ ।

एनएमबि बैंकले ग्राहकहरुलाई कारोबार नै गर्न नदिएर नयाँ वर्षमा विचल्ली बनाएको हो । बैंकको सर्भर डाउन भएका कारण कुनै कारोबारसमेत गर्न नहुने भएको छ । नयाँ वर्षकै उपलध्यमा यस्तो सास्ती दिए पछि बैंकविरुद्ध सर्वसाधारणहरु आक्रोशित भएका छन् ।

नयाँ वर्षकै दिन देखि शुरु भएको एनएमबि बैंकको दुःख दिने मेला अझै सिध्धिएको छैन । आइतबारदेखि शुरु भएको यस्तो दुःख दिने मेला सोमबारसम्म पनि जारी छ ।

चेक साट्न बैंक पुगेकाहरु रित्तो हात् फर्किन बाध्य भएका छन् । खाताभरी पैसा हुँदा समेत ग्राहकहरुले एटिएमबाट पैसा निकाल्न पाएका छैनन् । बैंकले सर्वसाधारणको हित नै नहेरी मनपरी सफ्टवेयर प्रयोग गर्दा यो अवस्था सिर्जना भएको हो ।

सम्पुर्ण कारोबार नै ठप्प पारेर बैंकले आफ्ना ग्राहकहरुलाई सास्ती दिइरहेको छ । सर्वसाधारणहरु बैंकको यो हर्कतबाट धेरै असन्तुष्ट बनेका छन् । आफूले सर्वसाधारणलाई दिएको दुःखका कारण नकरात्मक असर पर्ने हो कि भनेर बैंक भने आत्तिएको छ ।

यो पनि पढ्नुहोस्

एनएमबी बैंकदेखि सर्वसाधारण वाक्क ! सर्भिस ‘झुर’ भन्दै विरोध

बैंककै एक उच्च अधिकारीले आफूले दुःख दिएको कुरा बाहिर आउला कि भनेर सञ्चालक समिति नै तनाबमा छ । सञ्चालक समितिको दबाब पछि बैंकका सीईओ सुनिल केसीले पत्रकारहरुलाई ‘फकाउने’ रणनीति लिएको ति अधिकारीले बताए ।

बैंकका ति अधिकारीका अनुसार बैंकले आजै दिउसो आफ्नो हर्कतबो बारेमा समाचार नलेदिन दिन आग्रह गर्दै खाजा खुवाउने कार्यक्रम रहेको छ । ‘आज दिउसो २ बजे पत्रकारहरुलाई बोलाएका छौं’ बैंकका ति अधिकारीले भने, ‘पत्रकारहरुलाई खाजा खुवाउछौं, हाम्रो बारेमा जानकारी दिएर नकरात्मक समाचार नलेदिन आग्रह गर्नेछौं ।’

बैंकले पत्रकारहरु बोलाएर फकाए पनि हामी सर्वसाधारणको हितमा कलम चलाइरहनेछौं । स्मरण रहोस् हामीले चैत ३० गते नै सर्वसाधरणले एमएमबि बैंकप्रति देखिएको आक्रोशका बारेमा समाचार प्रकाशन गरिसकेका छौं ।