प्रभु बैंक लि. को खार्पुनाथशाखाकार्यालय सञ्चालनमा
  • अनलाइनपाना संवाददाता
  • बुधबार, असार २५, २०७६
  • काठमाडौँ

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जालविस्तार गर्ने क्रममामिति २०७६-०३-२५ देखि हुम्ला जिल्लाको दुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमाशाखाकार्यालय खोलीकारोवार संचालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन एक समारोहकाबीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गरेका भएको थियो ।

शाखा कार्यालय समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी रावलले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको खार्पुनाथ शाखाकार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउँदै बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

खार्पुनाथ शाखाकार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ, हुम्लाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाकाप्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

खार्पुनाथशाखा समेत गरी बैंक ले हालसम्म १८७ वटा शाखा, १५० वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्नाग्राहकहरुलाई सेवाप्रदानगर्दैै आएको छ ।

बुधबारदेखि सञ्चालनमाआएको बैंकको खार्पुनाथशाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।