पर्वतको डिमुवामा कामना सेवाकोे ९२ औं शाखा
  • अनलाइनपाना संवाददाता
  • बुधबार, असार २५, २०७६
  • काठमाडौँ

कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारगर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको मोदीगाउँपालिका ६ स्थित डिमुवामा यहीअसार २५ गते आफ्नो ९२औ शाखाकार्यालय स्थापना गरीकारोबार शुभारम्भ गरेको छ ।

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेतीमहत र वडा अध्यक्ष विमल लामिछाने, बैंककासंचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेशप्रमु्ख टुबराजबास्तोलाको उपस्थितिमा उक्तशाखाको कारोबार शुभारम्भ भएको थियो ।

यस बैंकले ब्यवसायविस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्नाग्राहकहरुलाई उच्चस्तरकोबैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९२ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।