एनआई सी एशिया बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, फाल्गुन ३०, २०७५
  • काठमाडौँ

एनआई सी एशिया बैंक लि.को गोलबजारनगरपालिकावडा नं ४,सिरहास्थितगोलबजार शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहबाट फाल्गुण ३० गते भव्य समारोहकाबिच उद्घाटन भएको छ ।

उक्तशाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नोउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

करिब १४ लाख ५० हजार आदरणीय ग्राहक महानुभावहरूकासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तिय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।