नेप्से सुचक तथा कारोबार रकम दुुबै बढ्यो
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, बैशाख २४, २०७६
  • काठमाडौँ

आज मंगलबार नेप्से सुचक तथा कारोबार रकम दुुबै बढेको छ । नेप्से आज एक दशमलव ८७ अंकले बढेर १३ सय एक दशमलव २८ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव २७ अंकले बढेर दुुई सय ७९ दशमलव २४ अंकमा चढेको छ ।

नेप्सेमा आज एक सय ७६ वटा कम्पनीहरुको आठ हजार पाँच सय ५४ वटा कारोबारमा २५ लाख २० हजार सात सय ९० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ७२ करोड ८८ लाख २८ हजार सात सय ४५ रुपैयाँ पुुगेको छ ।

आज १० वटा समुहको कारोबार हुँदा वाणिज्य बैंक र फाईनान्स समुहले गुमाए पनि बाँकी आठ वटा समुहले कमाएछन । ति मध्ये विकास बैंक समुुहको सुचक दुुई दशमलव दुई अंकले बढेर १५ सय ६४ दशमलव १० अंकमा चढेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि पाँच दशमलव २३ अंकले बढेर पाँच हजार आठ सय नौ दशमलव २३ अंकमा चढेको छ । जीवन बीमा, होटल, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचक आज बढेको छ ।

कमाउने कम्पनीको सुचीमा आज हिमालयन डिष्ट्रिलरी प्रालि, ओरन्टल होटल आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुुचीमा पाँचथर पावर कम्पनी, समिट माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने नेपाल क्रेडिट एण्ड कर्मस बैंक, शिवम सिमेन्ट लगायतका कम्पनीहरु परेकाछन् ।