माग्ने बुढा ‘प्रवल जनसेवा श्री’ बाट विभूषित
  • अनलाइनपाना संवाददाता
  • सोमवार, बैशाख २, २०७६
  • काठमाडौँ

चर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढालाई सरकारले ‘प्रवल जनसेवा श्री’ बाट विभूषित गरेको छ । लामो समय देखि हास्यकलाकारीताको माध्यमबाट जनताको सेवा गरेको भन्दै सरकारले उनलाई सो सम्मान प्रदान गरेको हो।

हिजो सितलनिवास मा आयोजीत विशेष समारोह विच राष्टपति विधादेवि भण्डारीले उनलाई सम्मानित गरेकि हुन् । सम्मानित भएपछि घिमिरेल सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

सधैं यस्तै अलिकति निहुरिन पाउं । छाति तन्काएर कसैका सामु घमण्ड नगरुॅ ।हंसाईरहन पाउॅ। “प्रबल जनसेवा श्री” बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद । कर्तब्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु।’