एक नारायण भण्डारीको बहुप्रतिक्षित गित छिपछिपे पानीमा लेउ (भिडियो)
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, बैशाख २६, २०७६
  • काठमाडौँ

नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान दिने त्यो नाम हो एक नारायण भण्डारी, स्याङजामा जन्मिएर काठमाडौंलाई गित संगितको कर्मथलो बनाएका भण्डारी गित संगितको क्षेत्रमा सबैका लागी प्रिय सर्जक हुन् ।

पछिल्लो समय बजारमा छिपछिपे पानीमा लेउ लिएर भण्डारी दर्शक स्रोता माझ आएका छन् । बिहीबार बिहान आफ्नै युटुव च्यानलबाट उक्त गित सार्वजनिक गरेका हुन् ।

बिष्णु माझी र पितम्बर जिसीको स्वरमा रहेको गितमा एक नारायण भण्डारीको आफ्नै शब्द संगित रहेको छ ।राग स्टुडियोमा रेकडिङग भएको छिपछिपे पानीमा लेउलाई चर्चिक म्यूजिक एरेन्जर आर्शिस अबिरलले एरेन्ज गरेका छन् ।

चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । पछिल्लो समय एक पछि अर्को गितमा आफ्नो सम्पादनको छविलाई उच्च बनाउदै आएका बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

नेपाली चलचित्र क्षेत्रका एक उष्कुट नुत्य गर्ने नायक दिलीप रायमाझी र चर्चित नायिका सुरक्षा पन्तको निकै राम्रो अभिनयमा रहेको यो गितलाई हाम्रो शुभकामना छ ।