म्युजिक नेपालका म्यानेजर पक्राउ
  • अनलाइनपाना संवाददाता
  • आइतवार, बैशाख २९, २०७६
  • काठमाडौँ

म्युजिक नेपालका म्यानेजर पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले म्यानेजर उज्वल थापालाई आइतबार दिउसोको समयमा पक्राउ गरेको महानगरीय प्रहरुी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । नेपाली कथानक चलचित्र ‘मखमली’को गीत चोरी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

‘गीत चोरी गरेको उजुरी परेपछि हामीले नियन्त्रणा लिएका हौं। थप अनुसन्धान भइरहेको छ‘, डिएसपी बोगटीले भने।

सरिता सिलवालको गीत चोरी भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौमा उजुरी दिएकी थिइन्।