विष्णु बि.सीको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, बैशाख ३१, २०७६
  • काठमाडौँ

सुमधुर स्वरका धनि पुस्कल शर्मा र शान्ती श्री परियारको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक भएकोे छ । सार्बजनिक ‘धेरै माया’ विष्णु बिसी को शब्द लय रहेको छ ।
धेरै दर्शकहरुले मन पराउने पुस्कल शर्मा लामो समय देखि गीत संगितमा आफ्नो भुमिका निर्वाह गरी धेरै गीत भिडियो सार्वजनिक पनि गरिसकेका छन् । सरिका केसी र विष्णु बिसीले अभिनय गरेको भिडियोमा सागर गौतमले छायाङ्कन गरेका छन् । दिपक विष्टले सम्पादन गरेको भिडियोका निदेर्शन भने काजिश श्रेष्ठको रहेको छ । भिडियोको दृष्य निर्माण सूर्यविनायक फिल्म प्रालिले गरेको हो भने उत्पादक भने मन्दिर म्युजिकले गरेको छ ।