सलमानको भारतले एक हप्तामै १५० करोड कमायो
  • एजेन्सी
  • सोमवार, जेष्ठ २७, २०७६
  • काठमाडौँ

सलमान खानको चलचित्र ‘भारत’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमा सानदार कमाइ गरेको छ ।सलमान खानसँगै कट्रिना केफको मुख्य भूमिका रहेको चलचित्रले १५० करोडमाथिको कमाइ गरिसकेको छ । चलचित्रमा सलमान खान पाँच फरकफरक अवतारमा देखिएका छन् ।

इदको अवसरमा गएको बुधबार प्रदर्शनमा आएको चलचित्रले पाँचौ दिन २७.९० करोड भारु कमाएको छ । जस अनुसार, चलचित्रले पहिलो सप्ताहन्तमा १५० दशमलव १० करोडको व्यापार गरिसकेको छ ।

चलचित्रमा सलमान खान र कट्रिना केफका साथै सुनील ग्रोवर, दिशा पटनी, तब्बु, नोरा फतेही, ज्याकी श्राफलगायतका कलाकारको अभिनय रहेको छ । ‘भारत’ कोरियन भाषको फिल्म ‘ओड टु माई फादर’ को हिन्दी रिमेक हो ।

भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘भारत’ ले प्रदर्शनको पहिलो दिन बुधबार ४२.३० करोड, बिहीबार ३१ करोड, शुक्रबार २२.२० करोड, शनिबार २६.७० करोड, आइतबार २७.९० करोड अर्थात् जम्मा १५० दशमलव १० करोड भारुको गरिसकेको छ ।

चलचित्रमा सलमान खान ‘भारत’ नाम गरेका एक युवा अवस्थाको व्यक्तिदेखि ७० वर्षीय वृद्धसम्मको पाँचवटा भिन्न भिन्न अवतारमा देखिएका छन् ।

सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिने बेलाको त्रासदीपूर्ण समयको भागदौडमा आफ्ना बुबा र सानी बहिनी गुमाएका ‘भारत’ ले आफ्ना परिवारका जिम्मेवारी कसरी उठाउँछन् र हराएका बुवा र बहिनीको खोजी गर्दाको संघर्षलाई चलचित्रमा चित्रण गरिएको छ ।

आफ्ना सेनालाई किम जोङ उनले यसरी मारे

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना एक जना सैन्य अधिकारीलाई पिरान्हा माछाको ट्यांकभित्र थुनेर हत्या गरेका छन् ।पिरान्हा माछा विश्वमा एक आक्रमक माछाको रुपमा चिनिन्छ । यसको दात निकै तिखो हुन्छ। यसको टोकाइबाट गहिरो चोट लाग्ने बताइन्छ ।

डेली स्टारका अनुसार ती सैन्य अधिकारीलाई किमविरुद्ध षड्यन्त्र रचेर देशमा सैन्य कु गर्ने योजना बनाएको आरोप लागेको थियो ।जब किमले यसबारे थाहा पाए उनले ती सेनालाई ब्राजिलबाट ल्याएको संयौं पिरान्हा माछाको ट्यांकभित्र थुनिदिए।

ट्यांकभित्र फाल्नु अगाडि किमका सहयोगीले ती सेनालाई घाइते बनाएका थिए । पछि माछाले उनको शरीरलाई खाएको बताइएको छ ।डेली स्टारका अनुसार किम सन् १९६५मा प्रदर्शन भएको जेम्स बोन्डको चलचित्र ‘यु अन्ली लिभ ट्वाइस’ चलचित्रबाट प्रभावित भएका हुन् ।

त्यस चलचित्रमा समेत खलनायकको घरमा पिरान्हा माछाले भरिएको स्विमिङ पुल हुन्छ । जसलाई उनले हत्या गर्न प्रयोग गरेका हुन्छन् । किम सन् २०११ मासत्तामा आए पछि १६ जना सहयोगी र धेरै सर्वसाधारणको हत्या गरिसकेका छन् । उनले हत्या गरेकाहरुमध्ये सेना प्रमुख, उत्तर कोरियाको केन्द्रीय बैंकका मालिक र क्यूबा र मलेसियाका दूतावासका मानिसहरु छन् ।