विप्लव प्रकरणमा नायिका रेखा थापाको प्रश्न-यो सरकार कसले चलाएको छ ?
  • अनलाइनपाना संवाददाता
  • बुधबार, फाल्गुन २९, २०७५
  • काठमाडौँ

सरकारले नेकपा विप्लव समूहलाई मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेकोमा अभिनेत्री रेखा थापाले यो सरकार कसले चलाएको भनेर प्रश्न गरेकी छन् ।

उनले बुधबार ट्विट गर्दै भनेकी छन्, ‘‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो । देशभक्त ‘बिप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।’’

उनले सरकारले जनातामाथि जबरजस्ती युद्ध लादन खोजेको तबाएकी छन् । उनले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयलाई दुर्भाग्यपूर्ण भनेकी छिन् । “आम नेपाली जनताले यो विषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो,” उनले लेखेकी छन् ।