फेरी तनाव बढ्यो, फेसबुक प्रतिबन्ध, देशभर कर्फ्यु
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, बैशाख ३१, २०७६
  • काठमाडौँ

राजधानी लगाएत देशैभरी सामाजीक सञ्जाल फेसबुक प्रतिबन्ध लगाइएको छ । देशभरमा रातिको समयमा कर्फ्यु लगाइएको छ ।केहि दिन यता श्रीलंकाकामा मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि फेसबुक प्रतिबन्ध र देशभर रातिमा कर्फ्यु लगाइएको छ ।

धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको छ । धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार गरिएको छ । श्रीलंकामा इस्टर सन्डेको बेला चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएको थियो । यो आत्मघाती हमलाबाट २५० भन्दा बढीको मृत्यु भएको थियो । यो घटनापछि श्रीलंकामा तनावको वातावरण कायमै छ ।

यद्पि यसअघि श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेका थिए । प्रधानमन्त्री रनिल विक्रमासिंघेले शान्ति कायम राख्न अपिल गरेका छन् ।

सुरक्षाकर्मीले उत्तरपश्चिमी शहर किनियाको एक तलाउ नजिकै हतियारको खोजीका लागि सर्च अभियान चलाएका थिए । प्रदर्शनकारीले भने सो तलाउ नजिकैको मस्जिदमा पनि खानतलासी गर्न माग गर्दै प्रदर्शन गरेका थिए । यसैबाट तनाव बढ्दै गएको हो ।

प्रहरीले भने चिला भन्ने एक ठाउँमा फेसबुकबाट सुरु भएको विवाद दंगामा बदलिएको बताएको छ । फेसबुकमा विवादित पोष्ट गरेको भन्दै प्रहरीले ३८ वर्षीय मस्लिम युवकलाई नियन्त्रणमा लिएको छ ।

हिंसा रोक्ने उद्देश्यले श्रीलंका सरकारले देशभर फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सन्जालहरुमा प्रतिबन्ध लगाएको छ । बीबीसीका अनुसार ट्वीटरमा भने रोक लगाइएको छैन । प्रधानमन्त्री रनिल विक्रमासिंघेले ट्वीटरमा लेखेका छन्, ‘म नागरिकहरुलाई शान्त रहन र गलत जानकारीमा नभड्किन अपिल गर्दछु । सुरक्षाकर्मीहरु आतंकवादीहरुलाई नियन्त्रणमा लिन र देशमा सुरक्षाको प्रत्याभूति दिलाउन हरसम्भव प्रयास गरिरहेका छन् ।’

हेत्तीपोला शहरमा पनि हिंसा सुरु भएको छ । यहाँका कम्तिमा तीन वटा पसललाई निशाना बनाइएको छ । श्रीलंकामा करिब २ करोड २० लाख जनसंख्या छ । बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेका श्रीलंकामा मुस्लिम समुदायको जनसंख्या करिब १० प्रतिशत छ ।