भारतलाई लाग्यो ठुलो झड्का, अन्तराष्ट्रिय मंचमै उठ्यो नेपाली भुमि लुटेको कुरा
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, जेष्ठ २, २०७६
  • काठमाडौँ

“कन्फ्रेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन” नामक कार्यक्रममा सहभागी हुन चीन गएका ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालले भारतले कब्जा गरेको नेपाली भुमि भारतले फिर्ता गर्नुपर्ने आवाज अन्ताराष्ट्रियमा उठाएका छन् ।

चीन सरकारको औपचारिक निमन्त्रणामा भाग लिन उनी बेइजिङ पुगेका हुन् । बुधबारदेखि सुरु भएको उक्त सम्मेलनमा फणीन्द्रले भारतले नेपालको भूमि कब्जा गरेको कुरा उठाएका छन् ।

उनले सो सम्मेलनमा भारतले नेपालको नेपालको ६० हजार वर्ग किलोमिटर जमिन कब्जा गरेको बताएका हुन् । उनले उक्त सम्मेलनमा बोल्दै भारतले नेपालको सो भूमि उपनिवेश बनाएको बताएका हुन् ।

सम्मेलनमा उनले भारतीय प्रतिनिधिकै अगाडि सुगौली सन्धिमा नेपालले गुमाएको जमिन भारतले फिर्ता गर्नु पर्ने बताए। उनले आज बिहान उक्त सम्मेलनमा बोल्दै १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएदेखि नै नेपालको भूमिमा उपनिवेश बनाउँदै आएको बताए ।

चीनले आफ्नो सार्वभौमताको रक्षाको लागि युद्ध समेत लडेको र उपनिवेश बिरुद्ध शान्तिपूर्ण रूपमा हङकङ र मकाउ फिर्ता लिएको बिषयलाई उल्लेख गर्दै भारतले कब्जा गरेको नेपालको भूमि फिर्ता गर्नु पर्ने नेपालले धारणा राखे । विश्वभरका १२६ देशका प्रतिनिधि सहभागी रहेको उक्त सम्मेलन शुक्रबारसम्म चल्ने बताईएको छ ।