भारत विश्वकपबाट बाहिरिएपछि मोदीले के भने ?
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, असार २६, २०७६
  • काठमाडौँ

इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएपछि भारत निराश भएको छ । विश्वकपको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको भारत सेमिफाइनलबाटै बाहिरिनु परेपछि निराश भएको हो ।

टिमले हार्दा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने टिमको प्रशंसा गरेका छन् । उनले भरतले पूरै प्रतियोगितामा राम्रो ब्याटिङ, बलिङ र फिल्डिङ गरेको भन्दै त्यो गर्व लायक भएको बताएका छन् ।

मोदीले जित र हार जीवनको एक हिस्सा भएको भन्दै भविष्यको प्रयासका लागि शुभकामना दिएका छन् ।