देशको आर्थिक विकासका लागि १५ लाख युवाहरुको विकास सैनिक दल : युवा विश्लेशक ओली
  • अनलाइनपाना संवाददाता
  • आइतवार, चैत्र २४, २०७५
  • काठमाडौँ

अनलाइनपाना डटकमको आर्थिक विशेष सम्वादमा कुराकानी गर्दै युवा आर्थिक विश्लेशक सुदन कुमार ओलीले देशको विकासका लागि १५ लाख युवाहरुको विकास सैनिक दलको स्थापना गर्नु पर्ने बेला आएको बताएका छन् । अनलाइनपाना डटकमले उनै ओलीसँग गरेको कुराकानीको पूर्णपाठ तलदिएको छ ।

 अर्थ विशेष सम्वादमा यहाँलाई स्वागत छ, केमा वेस्त हुनुहुन्छ ?

धन्यवाद । मेरो नियमित काममा नै सयम गइरहेको छ । अलि समय पाएमा देशको अर्थ व्यवस्थाको अध्ययन गर्छु ।

नेपाल लगानी सम्मेलन २०१९ भर्खरै सकिएको छ । यसलाई कसरी समिक्षा गर्नु हुन्छ ?

सरकारले गत मार्च २९ र ३० गते आयोजना गरेको नेपाल लगानी सम्मेलन २०१९ सरकारको तर्फबाट गरिएको त्यो सकारात्मक प्रयास थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ब्यवसायिक जगतलाई हामी नेपालको विकास र अर्थतन्त्रको सुधारका लागि तत्पर छौ भन्ने जवर्जस्त सन्देश दिन खोजेको देखिन्छ । केहि हदसम्म त्यो सफल पनि भएको छ । तर सम्मेलन मात्र सफल भएर भएन आगामी दिनहरुमा सम्मेलनको प्रभाव कस्तो पर्छ त्यसले महत्व राख्दछ । लगानी सम्मेलनमा १५ वटा विभिन्न परियोजनाहरुको एमओयु पनि भएका छन । आयोजकहरुको भनाइ अनुसार १७ वटा आयोजनाहरुमा लगानीका लागि आवेदनहरु पनि परेका छन । यो कम्तीमा सकारात्मक कुरा हो ।

सरकारको यस्ता खालका सम्मेलन तथा कार्यक्रमहरुले व्यवसायिक लगानीकर्ताहरुलाई प्रोत्साहन गर्छ हैन र ?

हेर्नुस, यसलाई आआफ्नै दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो त लगानीकर्ताहरु आफ्नो लगानी कहाँ गर्दा फाइदा हुन्छ ? लगानीले दिने प्रतिफल कस्तो हुन्छ ? ब्यवसायिक सुरक्षाको अवस्था कस्तो छ र बजारको अवस्था कस्तो छ भनेर आफै अध्ययन गरिरहेका हुन्छन र सरकारले जवर्जस्ती लगानी गर गर भनेर कुनै पनि ब्यवसायीले लगानी गर्न आउँदैन । दोस्रो, विगतको लामो इतिहास हेर्ने हो भने पनि नेपालमा सरकारले कुनै पनि विदेशी लगानी प्रभावकारी ढङ्गले भित्रायको छैन। जे जति वैदेशीक लगानी नेपालमा आएको छ त्यो सबै ब्यवसायिक र ब्यक्तिगत सम्बन्धका कारण आएको छ ।

गत लगानी सम्मेलनमा पनि हेर्न सक्नुहुन्छ । क्यानाडियन ब्यवसायिले सोलार पावर निर्माण चौधरीग्रुपको अगुवाइमा गर्दैछ । तेस्रो कुरा, सरकारले लगानीमैत्री वातावरणको निर्माण गर्नका लागि ब्यवसायिक सुरक्षाको ब्यवस्था गर्ने, एकिकृत ब्यवसायिक नितीको निर्माण गर्ने, कानुनी र प्रशासनिक ढिलासुस्ती हताउने, ब्यवसायका लागि आवश्यक भौतिकपूर्वाधारहरु जस्तै सडक, उर्जा र सञ्चार लगाएतका सुविधाको उपलब्ध गराउनेमा ध्यान दिनु पर्छ । त्यसैले मलाई लाग्छ सरकारले यस्ता सम्मेलनको भन्दा पनि ब्यवसायिक वातावरण निर्माणमा लाग्नु जरुरी छ । मार्केटले भन्दा पनि लगानीले मार्केट आफै खोज्छ ।

नेपालमा वैदेशिक लगानी भित्राउनको लागि सरकारले के गर्नु पर्छ ?

सबैभन्दा पहिले सरकारले (Integrated Investment and Business Policy) बनाउनु पर्छ । यो भनेको के भने, अहिले सरकारको ब्यावसायिक नीति छरिएको छ । जस्तो, जलविद्युत उत्पादन गर्नको लागि एउटा व्यवसायिले कति ठाँउमा धाउनु पर्छ ? कति जनालाई रिजाउनु पर्छ ? उर्जा मन्त्रालयले स्वीकृत गरेको फाइल उद्योगले रोक्छ ।

उद्योग र उर्जाले सदर गरेको फाइल बन तथा वातावरण मन्त्रालयले रोक्छ । यसरी हरेक ठाउँमा अड्चनहरु छन। ब्यवसायिहरुलाई माछालाई जसरी पासो थापेर बसेका छन । तसर्थ, यस्ताखालका झनझतहरुको समाधानको लागि र लगानी प्रबर्धनको लागि सरकारले एकिकृत लगानी निति बनाउनु पर्छ । त्यसै गरि सरकारले स्वदेशी होस वा विदेशी लगानीकर्ताको लगानी होस त्यसको सुरक्षाको प्रबन्ध गर्नु पर्छ ।

अहिले उत्पादनमुलक युवाहरु विदेश पलायन भइरहेका छन त्यसमा तपाइको धारणा के छ ?

यसले हरेक दिन मेरो मुटु पोल्छ । म आफ्नो देशको आर्थिक बरवादी देखिरहेको छु । नेपालमा रहेको कुल जनसङ्ख्याको करि ५७ प्रतिशत उत्पादन योग्य युवाहरु हुनुहुन्छ । उहाँहरु रोजगारीको लागि विदेश पलायन भइरहनु भएको छ । अलि पढेलेखेका शिक्षित र योग्य युवाहरु विकसित मुलुकमा र कम पढेलेखेका युवाहरु खाडी राष्ट्रहरुमा आफ्नो श्रम बेचिराख्नु भएको छ ।

एकातिर सरकारले युवालाई देश फिर्ता गर्नु पर्छ भनिरहेको छ अर्को तर्फ वैदेशिक रोजगारीको लागि हाम्रा श्रम तथा रोजगार मन्त्रीज्यू दैनिक वार्ता र विन्तिपत्र चाढाइ राख्नु भएको छ । यो आफैँमा विरोधाभास छ । यसले नत अर्थतन्त्रको दिगो विकास हुन्छ न सरकारले भनेको जस्तो समृद्ध नेपाल सुखी नेपाली नै भइन्छ । तसर्थ सरकारले सबै भन्दा पहिले श्रमयोग्य युवा जनशक्तिलाई पालायन हुनबाट रोक्नु पर्छ ।

युवाहरुलाई स्वदेशमा रोक्न कस्ले के गर्नु पर्ला ?

सबै भन्दा पहिले युवाहरुका अत्मविश्वास जगाउन जरुरी छ । हामीले स्वदेशमै केहि गर्न सक्छौ भन्ने आत्मविश्वास । त्यो आत्म विश्वासलाई जोगाइराख्न श्रमप्रतिको सम्मान जरुरी छ । काम पूजा हो म यसको पूर्ण श्रदा गर्नु पर्छ भन्ने भावनाको विकास जगाउन जरुरी छ । कृषिक्षेत्रको आधुनिकरण र उत्पादनमुखी उद्योगको विकासमा जोड दिनु पर्छ ।

शैक्षिक प्रणालीमा सुधारगरी ब्यवसायिक र प्रयोगात्मक शिक्षा प्रणालीको विकास गर्नु पर्छ । सुचना प्रविधिमा लगानी र १५ लाख शिक्षित वेरोजगार युवाहरुको एक आर्थिक विकास दलको स्थापना गरि भौतिकपूर्वाधार विकासमा लगातार खटाउन सकियो भने युवाहरु स्वेदेशमा रहने कुरामा शंका छैन । तर फेरी मैले विदेश जानु नराम्रो भने होइन । जानुपर्छ तर उत्पादनमुलक प्रविधिको सिकाइ र स्थानान्तरणको लागि मात्र । यो विश्वव्याविकरणको युग हो यसमा कसैलाई रोकेर रोकिदैन तर बाध्यात्मक पलायनलाई भने अवश्य रोक्नु पर्छ ।

नेपालमा व्यवसायिक वातावरण नहुनुको पछाडीको कारण के होला ?

नेपालको व्यवसायिक वातावरणको ठूलो सत्रु भनेको प्रशासनिक झनझत र नीति हो । मैले पहिले नै भने की नेपालमा एकिकृत लगानी नीति छैन । सरकारी कर्मचारीहरु जो सम्बन्धित निकायमा हुनुहुन्छ, उहाँ माछामार्न बसे झै जाल समाएर बस्नु भएको हुन्छ । मैले देखेको छु थुप्रै निकायहरुमा । अर्को ब्यवसायको लागि आवश्यक पर्ने उर्जा, सडक, सुचना तथा प्रविधि आदिको प्रयाप्ता छैन । नेतृत्वमा इच्छाशक्ति छैन । दिर्धकालिन विकासको भिजन भएको नेतृत्व छैन । योग्य र दक्ष जनशक्ति पलायन भएको छ ।

अचम्म त के छ भने हाम्रो देशमा रोजगार छैन भनेर युवाहरु विदेशीएका छन भने अर्को तर्फ नेपालमा कामदारको अभावले गर्दा भारत, भुटान लगाएतका छिमेकी देशहरुबाट ल्याउनु परेको छ । हामीले काठ्माडौका हरेक निर्माण कार्यमा भारतीय कामदारहरु काम गरिरहेका छन । नेपालीहरुले खाडी मुलुकहरुमा जे काम गरिरहनु भएको छ त्यो काम नेपालमा भने विदेशीहरु लिएर गर्नु परेको छ । त्यसैले नेपालको व्यवासायिक वातावरण स्थिर र उत्पादनमुलक बनाउनको लागि युवाहरुलाई कर्मप्रतिको सम्मान जगाइ राख्नु जरुरी छ । त्यसै गरि सरकारले लगानी कर्ताहरुलाई ब्यवसायको र लगानीको पूर्ण सुरक्षको ज्ञारेन्टी गर्नु जरुरी छ ।

हाम्रो अर्थतन्त्रमा ठूलोमात्रमा कालोधन छ भनिन्छ यसमा के भन्नुहुन्छ ?

नेपालको अर्थ ब्यवस्था ब्यवसायिक भइ सकेको छैन । योजना तर्जुमा गर्ने र त्यसको कार्यान्वयन पक्ष फितलो छ । भारतसँगको खुला सिमाना छ । साथै सरोकारवाला निकायहरुको कमजोर उपस्थिती वा मिलेमतोका कारण कालोधन अर्थान बजारी र अनौपचारीक अर्थतन्त्रले प्रसय पाएको देखिन्छ । यसलाई तत्कालै निर्क्योल र निर्मुल गर्न त गारो नै पर्छ तर पनि इच्क्षा शक्ति हुने हो भने त्यसलाई रोक्न सकिन्छ । सबै भन्दा पहिने नेपालमा कालोबजारी र अनौपचारीक अर्थतन्त्रको अन्त्य गर्नको लागि भारतसँगको खुला सिमाना पूर्णरुपले बन्द गर्नुपर्छ ।

भारतसँगको सिमाना बन्द गराउँदा नेपालको जनजिवनमा असर पर्लानी हैन ?

हेर्नुस, भारतले हामीलाई सित्तैमा दिने होइन । उसले पैसा लिएर नै लिने हो । बरु कतिपय चिजहरु नेपालमा भारत भन्दा सस्तो पर्छ । उनिहरुले तस्करी गर्छन । नेपाल र भारत विचको जुन सम्बन्ध छ त्यसमा खुला सिमानाले झन समस्या पैदा गरेको छ । यसले दुवै देशलाई घाटा छ । हामीले खुला सिमाना बन्द गर्न सक्यौ भने आर्थिक कालोबजारी मात्र नभएर आतंककारी गतिविधिहरुको पनि अन्त्य हुन्छ । समय समयमा सिमानाको विवाद पनि कम हुन्छ ।

अन्त्यमा देशको अर्थ व्यवस्थामा युवाहरुको भूमिका कस्तो हुनु पर्छ ?

युवा शक्ति परिवर्तनको सम्वाहक हो । यसको सकारात्पक प्रयोग गर्न सकेमा अर्थतन्त्रमात्र होइन सिंगो ब्यवस्था पनि परिवर्तन गर्ने ताकत राख्दछ । हरेक युवाले काम प्रतिको आत्मसम्मान जगाउनु पर्छ । परमपरागत ब्यवसायिक प्रणालीलाई आधुनिक प्रविधिको समायोजन गरि विस्तार गर्नु पर्द्छ । राम्रोसँग मार्केटको अध्ययन गरि ब्यवसायमा हात बढाउनु पर्छ ।

प्राविधिक र ब्यवसायिक शिक्षा प्राप्ति र खोजमुलक शिक्षामा जोड दिनु पर्छ । युवाहरु राजनैतिक अनुयायी मात्र नभएर एक जिम्मेवार नागरिकको रुपमा इमान्दारीपूर्वक आफ्नो ब्यवसायमा लाग्नु पर्छ । जवसम्म भोक लाग्दैन तवसम्म खाना पकाउन मन लाग्दैन । तसर्थ युवाहरुले अव आर्थिक समृद्धिको भोक जगाउनु जरुछ । समृद्धि हाम्रै पालामा सम्भव छ र सम्पूर्ण युवाहरु एक ढिक्का भएर देशको आर्थिक विकासमा हातेमालो गर्नु पर्छ ।