फाल्गुन २९ गते बुधबारको तपाईको राशिफल
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, फाल्गुन २८, २०७५
  • काठमाडौँ

मेषः– गर्ने आफु जश लिने अरु हुन सक्छन् । धन दिएर शत्रु बढाउने काम नगर्नु होला । प्रयत्न गरेमा केहि उपलब्धिका काममा सफल हुनेछन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

वृषः–ग्रह गोचर सामान्य देखिन्छ । काम गर्ने जागर बढ्नेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

मिथुनः– समयले साथ दिने देखिन्न । झुट्टा कुराले सताउनेछ । काम काजमा अवरोध आउनेछ । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

कर्कटः– दैनिक काम काजबाट लाभ लिन सकिनेछ । उद्योग,पराक्रम बढ्नेछ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला

सिंहः– खर्च कम गरि काम गर्नु होला । बाहिरी सम्बन्धमा सुधार आउनेछ । लगनशिल भई काममा लाग्नु होला । परिश्रमको फल राम्रो निस्कने छ । गएका ठाँउमा स्वातग सत्कार पाईनेछ ।

कन्याः– कामको हिसावले दिन आफ्नो भन्दा अरुको लागि हुनेछ । समयमा भने सामान्य सुधार आउनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।

तुलाः– प्रयत्नपूर्वक गरेका काम पनि सफल हुन गाह्रो देखिन्छ । अरुको काम गरेर जश मिल्ने छैन । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । घटना परिघटना बढ्न सक्छन् । संचित धन नास हुनेछ ।

वृश्चिकः– वैदेशिक यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । शैक्षिक तथा वैदेशिक कार्य अगाडि बढ्नेछन् । प्रेममा थोरै सफलता मिल्नेछ । नयाँ कामको अवसर आउन सक्छ ।

धनुः– मेहनत र धैर्यतापूर्वक काम गर्नु होला नत्र काममा सफलता मिल्ने छैन । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । ऋण लगानी नगर्नु होला ।

मकरः– अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो मुनाफा लिन सकिने छैन ।

कुम्भः– समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । काम गर्ने जोश,जागर घट्न सक्छ । लगनशिल भई गरेका केहि काम सफल हुनेछन् । घरमा पारिवारिक जमघट बढ्नेछ । घरयासी खर्चमा वृद्धि हुनेछ । आलोचना बढ्नेछ ।

मिनः– गरेका काम अधिकाँश सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईनेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।