फाल्गुन ३० गते विहिबारको राशिफल
  • अनलाइनपाना संवाददाता
  • बुधबार, फाल्गुन २९, २०७५
  • काठमाडौँ

मेषः– मध्यान्हसम्म समयले साथ दिने छैन । अपरान्ह देखि भने कामले गति लिनेछ । व्यापार व्यवसायमा पनि सुधार आउनेछ । काम गर्ने जोश जागर पनि बढ्नेछ । पढाई लेखाईमा प्रगति होला ।

वृषः– काममा ढिला सुस्ति नगर्नु होला आफैलाई हानी हुनेछ । मध्यान्ह सम्म समयले साथ दिए पनि अपरान्ह देखि दिने छैन । राप र तापमा काम नगर्नु होला । आर्थिक कारोवारमा सतर्क रहनु होला ।

मिथुनः– मध्यान्ह पूर्वको समयमा नयाँ काममा हात नहाल्दा नै राम्रो हुनेछ । अपरान्ह देखि कामले गति लिनेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा सुधार आउला । कार्य क्षमता बढ्नेछ ।

कर्कटः– प्रातकाल थोरै अनुकुल देखिन्छ कुनै काम गर्नु छ भने आलटाल नगर्नु होला । मध्यान्ह पछिका काम बढि खर्चालु हुनेछन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक विवाद पर्न सक्छ ।

सिंहः– सामान्यतया आजको दिनु अनुकुल नै देखिन्छ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । आफन्तजनबाट सहयोग पाईनेछ । पढाईमा भन्दा कमाईमा ध्यान जानेछ ।

कन्याः– काममा देखिएका समस्या कम भएर जानेछन् । तनावमा काम नगर्नु होला । ठण्डा दिमागले सोचेर काम गरेमा उचित लाभ लिन सकिनेछ । वैदेशिक कार्य योजना अगाडि बढ्ने छन् । आम्दानी बढ्ला ।

तुलाः– तनावले छोड्ने छैन । आवस्यक काम भन्दा अनावस्यक काम बढि हुन सक्छन् । काम गर्दा इज्जतमा पनि दाग लाग्न सक्छ सतर्क रहनु होला । पारिवारिक सुखमा कमी आउने छ । खर्च बढ्न सक्छ ।

वृश्चिकः– समयमा काम गर्न सक्नु भएन भने पछि पछुताउनु पर्ला । मध्यान्ह पछिको समय कम अनुकुल देखिन्छ । बन्न लागेका काम पनि विग्रिन सक्छन् । भाग्यको भरोसामा काम नगर्नु होला । खर्च बढ्ने छ।

धनुः– समस्याको समाधान हुनेछ । मुद्धा मामिलामा विजय प्राप्त होला । नयाँ कामको अवसर आउने सक्छ । परिवारमा सामान्य मत भेद बढ्न सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसायमा सुधार आउनेछ ।

मकरः– विवादित काममा हात नहाल्नु होला । भ्रमलाई चिरेर अगाडि बढ्नु होला । कार्य गोपनियताको पनि आवस्यकता देखिन्छ । काम गर्दा शत्रु बढ्न सक्छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ ।

कुम्भः– मनमा दुविधा बढ्नेछ । समयमा काम गर्न नसक्दा अवसर बाट वञ्चित हुने अवस्था आउन सक्छ । आफन्तजनमा मत भेद बढ्नेछ । यात्रामा कठिनाई आउन सक्छ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ ।

मिनः– मध्यान्हपूर्व गरेका काम सफल हुनेछन् भने अपरान्ह पछि गरेका कामले पूर्णता नपाउन सक्छ । काम गर्ने जोश जागर पनि घट्नेछ । काम गरेर अपयश आउनेछ । आफन्तमा वैमनश्यता उत्पन्न हुन सक्छ ।