यस्ता व्यक्तिलाई पर्छ ईडीभी
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, बैशाख २६, २०७६
  • काठमाडौँ

यतिबेला अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ । नेपालीहरुको आर्कषणको रुपमा रहेको अमेरिका जान पाउनेहरुको भाग्यको परीक्षा हो यो । यो सँगै केही व्यक्तिहरुले आफ्नो विचार राख्नु भएको छ ।

यस्तै एउटा विचार अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।कस्ता लाई पर्छ ईडीभी ? गएको बर्ष मेरो साथीले र मैले बागबजारको एउटा इन्चिचुटमा लोकसेवा को कक्षा लिन गएका थियौं । म छाउनी देखि हिड्दै जान्थ्ये उ बानेश्वर बाट आउथ्यो । हामी पढ्दै गयौं, कहिले नेपाल भारत लाइब्रेरी त कहिले घर मै बसेर पढ्थ्यौ । एक दिन काम विशेषले साथी र म किताब किन्न बागबजार जाँदा मैंले न्युरोड गएर डिभी भरौ भने उस्ले पनि मान्यो ।

१ घन्टा जति लाइनमा बसेर भरियो । त्यस्को १–२ महिना पछि उसले नयाँ बाइक किन्यो, अनि बिस्तारै क्लास आउन पनि छोड्यो ।
उ आफ्ना साथी हरुसँग कहिले ककनी, कहिले धुलिखेल त कहिले चितवन सम्म राइडमा जान्थ्यो , फेसबुक भरी घुमेका फोटो पोस्ट गर्दै बस्थ्यो । मैले लिखित मा नाम निकाले उस्ले परीक्षा दिएन ।

पछि उसलाई डिभी पर्यो, उ अमेरिका गयो । म अन्तरवार्तामा फालिए। अहिले काठमाडौको छेउ छाउ तिर घर किनेको छ रे, यसलाई भनिदो रहेछ भाग्य ।म आज पनि त्यही किताब, त्यही झोला, त्यही जुत्ता अनि त्यही बाटो त्यही बागबजारका इन्चिचुट तिर अल्झी रहेछु ।