चीनले नेपाललाई हेला गर्दै गर्यो यति ठुलो षडयन्त्र, प्रमाण फेला पारेपछि ओली र प्रचण्ड भए ‘सक्ड’
  • अनलाइनपाना सम्बाददाता
  • बिहिबार, माघ १७, २०७५
  • काठमाडौँ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डले छिमेकी मुलुक चीनको कम्युनिष्ट सरकारसँग राम्रो सम्बन्ध रहेको भन्दै गर्दै आएका दावी झुठो सावित भएको छ।

चीनले २४ जनवरीमा एक कार्यक्रम आयोजना गरी बी.आर.आई आवर्डद्धारा विभिन्न तीन देशका राजदूतलाई सम्मान गरेको छ । जसमा चीनका लागि नेपाली राजदूतलाई बोलाइएन। उक्त कार्यक्रम बारे चीनमा रहेको नेपाली राजदूतावासलाई कुनै जानकारी समेत गराइएन।

चीन र पाकिस्तानको आर्थिक क्षेत्रलाई मूख्य परियोजना बनाएर बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रममा पाकिस्तान, माल्दिभ्स र श्रीलंकालाई बी.आर.आई आवर्डद्धारा सम्मानित गरेको हो। तर चीनका लागि नेपाली राजदूतलाई कुनै सम्मान दिइएन्। यसले चीनसँग नेपालको सम्बन्ध राम्रो रहेको ओली र प्रचण्डले गरेको दावी प्रमाणसहित झुठो सावित भएको छ।

चीनले नेपालबाट आर्थिक लाभ लिनको लागि पछिल्लो समय विभिन्न क्षेत्रमा लागानी गरिरहेको छ। साथै ओली नेतृत्वको सरकारले चीनलाई लागानी गर्ने सजिलो वातावरण समेत बनाइदिएको छ। चीन अन्य देशमा लागानी गर्दा ती देशका राजदूतलाई सम्मान गर्ने तर नेपालमा यति धेरै क्षेत्रमा लागानी र ठेकापट्टाको काम गरिहेको देशको राजदूतलाई सम्मान नगर्दा हेला गरेको जस्तो बुझिएको छ।

आम रुपमा यसले के बुझिन्छ भने नेपाललाई चीनले आफ्नो स्वार्थको लागि समय अनुसार कम्युनिष्ट सरकारका कमान्डर ओली र प्रचण्डलाई प्रयोग गरिरहेको छ। चीनले नेपालमा आफ्नो वर्चश्व कायम गर्न ओली र प्रचण्ड मार्फत सहयोगको नाममा देशलाई ऋणमा डुवाउन खोजेको जानकारहरु बताउँछन।

ओली प्रचण्ड निकट स्रोतका अनुसार चीनले नेपाललाई धोका दिएको अंकलन गरिएको छ। ती स्रोतका अनुसार चीनका नागरिक र चीन सरकारको नेपालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लगानी हुँदा पनि उक्त सम्मान कार्यक्रममा चीनका लागि नेपाली राजदूतलाई नबोलाएर नेपाललाई हेला गरेको छ। जसकारण ओली र प्रचण्ड केही हदसम्म चीनसँग रिसाएका छन्।