फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एप विश्वभरी डाउन
  • अनलाइनपाना संवाददाता
  • आइतवार, बैशाख १, २०७६
  • काठमाडौँ

सामाजिक सञ्जाल फेसबुक,इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या आएपछि आइतबार अपरान्हदेखि ती साइट डाउन भएका छन् ।

फेसबुक कम्पनी अन्तर्गतका ती कम्पनी युरोपको समय अनुसार विहान ११ बजेदेखि डाउन भएको बेलायती अखवार मिररको अनलाइन संस्करणमा उल्लेख छ

बेलायती पत्रिका मिररले जनाए अनुसार सयौं गुनासोहरु आइरहेका छन् र धेरै मान्छेले ट्वीटरमा समेत यो समस्याको बारेमा रिपोर्ट गरेका छन् ।