फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा विश्वभर समस्या
  • अनलाइनपाना संवाददाता
  • आइतवार, बैशाख १, २०७६
  • काठमाडौँ

सामाजिक सञ्जाल फेसबुक,  इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या देखिएको छ । फेसबुक म्यासेन्जरसहित तीनवटै सञ्जालमा आइतबार अपरान्हदेखि समस्या देखिएको हो ।

डाउनडिटेक्टर डटक मा विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले तीनवटै साइटमा समस्या आएको भन्दै व्यापक गुनासो दर्ता गराइ रहेका छन् । साथै ट्वीटर प्रयोगकर्ताले फेसबुक डाउन, इन्स्टाग्राम डाउन र ह्वाट्स एप डाउन भनेर ट्वीटरमा गुनासो गरिरहेका छन् जसले गर्दा उक्त शब्दहरु ट्रेन्डिङ्गमा देखिइरहेका छन् ।

यद्यपी फेसबुकले अहिलेसम्म पनि आधिकारीक रुपमा कुनै धारणा सार्वजनिक गरेको छैन । बेलुकी पौने सात बजेबाट भने तीन वटै सामाजिक सञ्जाल सञ्चालनमा आएको छ ।