आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालद्वारा मलेसिया ८ विकेटले पराजित
  • अनलाइनपाना संवाददाता
  • सोमवार, बैशाख २, २०७६
  • काठमाडौँ

आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै पछ्यायो । नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै खेल जित्यो ।

नेपालका लागि रित गौत्तम ३९ रन बनाएर नटआउट रहे भने आरिफ सेखले २६ रन जोडे। पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा अलआउट हुनु अगाडि ९२ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि ड्यानिएल फिग्रीले सर्वाधिक ३७ रन बनाए। अरू ब्याट्सम्यानले खासै गतिलो योगदान दिन सकेनन्।

नेपाली बलरमध्ये पवन सर्राफ र कुशल मल्लले तीन–तीन विकेट लिए। सर्राफले कसिलो बलिङ गर्दै ८.५ ओभरमा १३ रन मात्र दिए। कुशलको ८ ओभरमा २० रन निस्क्यो।प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। नेपाल पछिल्लो खेलमा भने यूएईसँग पराजित रहेको थियो।