कक्षा ११ र १२ को परीक्षासम्बन्धी अत्यन्तै जरुरी सुचना !
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, बैशाख १२, २०७६
  • काठमाडौँ

कक्षा ११ र १२ का परीक्षार्थीहरुकोको विवरण मा त्रुटि देखिएमा सच्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड बाट २०७६ साल बैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ र २०७६ साल वैशाख २९ गतेदेखि जेठ ८ गते सम्म संचालन हुने कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुनपाउने परीक्षार्थीहरुले आफ्नो विवरण हेरेर सच्चयाउन सक्ने भएका छन् ।

त्यसका लागि वेबसाइटमा आफ्नो कक्षा रजिष्ट्रेसन नम्बर इन्ट्रि गरेपछि परीक्षार्थीको नाम, थर, जन्म मिति, परीक्षा दिने विषय, विद्यालयको नाम ठेगाना, विषय कोड लगायतको सम्पुर्ण विवरण हेर्न मिल्ने भएको छ ।