तत्कालीन एमालेका जिल्ला सदस्यले पत्रकार कुटे
  • अनलाइनपाना संवाददाता
  • सोमवार, बैशाख २३, २०७६
  • कैलाली

तत्कालीन एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका ब्यापारी तेजेन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।

दिनेश एफएम र दिनेश खबर डटकमका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्ने थापालाई आइतबार बेलुका ७ बजे धनगढीको एल एन चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध सोमबार मुद्दा चलाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । थापाले धनगढीको त्रिनगर माध्यमिक विद्यालयले भाडामा दिएका सटरको समाचार संकलन गर्न गएका विष्टलाई समाचार संकलन गरिरहेका बेला थापाले कुटपिट गरेका थिए ।

रिपोर्टिङ गरिरहेका बेला विष्टलाई विद्यालयका प्रधानाध्यापककको कार्यकक्षमा पुगेर कुटपिट गरेर भागेका थिए । विष्टको मुखमा चोट लागेको छ ।