शिक्षाबाटै युगान्तकारी परिर्वतन : नेता पाण्डे
  • अनलाइनपाना संवाददाता
  • शनिबार, बैशाख २८, २०७६
  • राप्ती

नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिक्षाबाटै देशको युगान्तकारी परिर्वतन हुने बताएका छन् । शिवपुरी युवा क्लबले आयोजना गरेको शौक्षिक समाम्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले सरकार सबैलाइ शिक्षा दिन तयार रहेको बताए।

शिक्षाबाटै देशले युगान्तकारी परिर्वतन गर्न सक्ने भएकाले सबैलाइ शिक्षा दिनु राज्यको दायित्व भएको उनले बताए । निरक्षर उन्मुखन गरेर शिक्षाको ज्योतिबाट सबैलाइ प्राप्त गर्न वातावरण सिर्जना गर्न सरकार लाग्नुपर्न चितवन क्षेत्र नं १ का सांसद समेत रहेका नेता पाण्डेले बताए।

त्यसतै कार्यक्रममा बोल्दै राप्ती नगरपालिकाका उपप्रमुख इमान सिह लामाले शिक्षा क्षेत्रमा स्थानिय सरकारले लगानी गरिरहेको र आगामी बजेटमा समेत शिक्षालाईनै पहिलो प्राथमिकतामा राखेको बताए । उनले शिक्षा बिना कुनै पनि देश सफल नभएको बताउदै शिक्षानै विकासको पहिलो आधार भएको स्पष्ट पारे ।

कार्यक्रममा राप्ती ४ का वडा अध्यक्ष शमशेर लामाले शिक्षा क्षेत्रको विकासका लागी आफु जुनसुकै कदम चाल्न पछिनहटने बताउदै योजना ल्याउन आग्रह गरे ।

कार्यक्रममा काशिरुपा विद्यालयका हरेक कक्षाका २ जना विद्यार्थीलाइ वर्षदिन भरि पुग्ने कपी, पेन , व्याग लगाएतका समाग्री वितरण गरिएको क्लबका अध्यक्ष सुवास सिलवालले जानाकारी दिए ।क्लबका अध्यक्ष सुवास सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका सदस्य हरि बर्तौलाले स्वागत मन्तव्य राखेका थिए ।