आखिर किन भैइरहन्छ गुल्मीमा विद्युत अबरोध ?
  • रमेश विश्वकर्मा
  • मङ्लबार, बैशाख ३१, २०७६
  • गुल्मी

पछिल्लो समय गुल्मीमा दैनिकजसो विद्युतमा अबरोध आईरहेको छ । यस्तो समस्या धेरै पटक भएको हुनाले नागरिकहरुलाई धेरै समस्या समेत भएको छ । केहि समय अघि विद्युत धेरै अबरोध भएको भन्दै उद्योग बाणिज्य संघ गुल्मी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले ध्यानाकर्षण समेत गराए थिए ।

यसरी विद्युत दैनिकी अबरोध हुँदा विद्यार्थीलाई अध्ययनको लागि धेरै समस्या समेत परेको छ । तर नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र गुल्मीले भने पहिले देखि नै अर्कै तर्क प्रस्तुत गर्दै आएको छ । वुटवलको जैकुटी, चौडाहा, पाल्पा हुँदै सदरमुकाम तम्घास आउने विद्युत अनियमित भएको हो ।

कार्यालयले बिद्युत अनियमित हुने प्रमुख कारण हावाहुरी, चट्याङ्ग अनि लाइनहरुमा रुखहरुले छुने लगायतका समस्याका कारण बिद्युत नियमित हुन नसकेको बताएको छ । वितरण केन्द्र गुल्मीले धरै टाढाबाट विद्युत आउने हुदाँ बुटवल र पाल्पामा केहि समस्या भएपनि विद्युत अवरोध हुने गरेको सुचना अधिकारी इन्जीनियर मेख राज जोशीले बताए ।

विद्युत नियमित हुनको लागि लामो समय लाग्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको छ । लामो दुरीबाट विद्युत आउँदा पनि बढी समस्या पर्ने गरेको छ । बुटवल र पाल्पामा समस्या आए गुल्मीमा विद्युत अबरोध भईहाल्छ ।

सु्चना अधिकारी इन्जिनियर मेख राज जोशीले गुल्मी जिल्लामा लाइन गयो भनेर केन्द्रसम्म सुचना पुराउन पनि १० मिनेट लाग्ने जानकारी दिंदै गुल्मीमा लाइन गए पाल्पा खबर, पाल्पाले वुटवलको चौडाहा र पछि चौडाहाले पनि फेरि जैकुटी खबर गर्नुपर्दछ । त्यसपछि मात्रै केन्द्रमा सुचना थाहा पाउने जोशीले बताए । ‘जिल्लामा बिद्युत अवरुद्ध भएको सुुुचना केन्द्रमा पु¥याउन तीन ठाउँ सम्पर्क गर्नुपर्छ,’ उनले भने, ‘सुचनाका लागि १० मिनेट कुर्नु पर्छ ।’ गुल्मीको लाइन नै अत्यन्तै लामो दुरीमा वितरण भएकाले समस्या बल्झिरहने कार्यालयले जनाएको छ ।

गुल्मी जिल्लामा पछिल्लो चैत महिना सम्म कुल ४६ हजार सात सय ४८ उपभोक्ता रहेको जोसी जानकारी दिए । बैशाख महिनामा मात्र एक हजार भन्दा बढी उपभोक्ता थपिएको बताउछन । उनले एक ठाउँमा हावाहुरी लागे पनी गुल्मीमा कुल ४६ हजार सात सय ४८ उपभोक्ता मारमा पर्ने बताए ।

गुल्मीमा सामुदायिक र वितरण केन्द्र गुल्मीका आफ्नै गरी दुई प्रकारका ग्राहक रहेका छन् । जसमा सामुदायिक मध्ये ३० हजार र वितरण केन्द्र तर्फका २६ हजार सात सय ४८ रहेका छन् । एक महिनामा ११ लाख युनिट खपत औसतमा गुल्मी वितरण केन्द्रबाट एक महिनामा ११ लाख युनिट बराबर विद्युत खपत हुने गरेको छ । सवै किसिमका सेवाग्राहीबाट मासिक ५५ लाख भन्दा बढी महसुल उठ्ने गरेको सुचना अधिकारी जोशीले जानकारी दिए ।