कालोपुलमा २० वर्षीय युवतीमाथि एसिड प्रहार
ओमबाट फेक्ट अस्पताल रिफर 
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ १, २०७६
  • काठमाडौँ

काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

एसिड आक्रमणमा परेकी युवतीलाई ओमबाट फेक्ट अस्पताल रिफर 

एसिड आक्रमणमा परेकी युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको छ । उनको शरीका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको हो ।

बुधबार साँझ काठमाडौंको कालोपुलमा २० वर्षीय ती युवतीमाथि एसिड प्रहार भएको थियो । आक्रमणकारी एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँबाट फेक्ट पठाइएको हो ।

प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान खुलेको उनको खोजीकार्य भइरहेको छ । के कारणले एसिड प्रहार भयाे भन्नेबारे खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।