शनिबारदेखि पर्यटकीय तथा रमणीय शहर पोखरामा टाटाको कार मेला हुन
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, जेष्ठ ३, २०७६
  • काठमाडौँ

टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले र सिप्रदी ट्रेडिङ्गको आधिकारीक बिक्रेता दिप मोटर्स प्रा. लि.को सहकार्यमा गत वर्ष झै यस वर्ष पनि देशका बिभिन्न स्थानमा गर्दे आएको कार मेला यही जेष्ठ ४ र ५ गते पर्यटकीय तथा रमणीय शहर पोखरामा आयोजना गर्ने भएको छ ।

बिहान ११ बेज देखि साँझ ७ बजे सम्म सञ्चालन हुने कार मेला सिप्रदी ट्रेडिङ्गको कार्यालय बुद्ध चोक पोखरामा आयोजना हुने आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् । यस मेलामा ग्राहकहरुले ”On the spot Financing” का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Loyalty Bonus जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ । पर्यटकीय तथा रमणीय शहर पोखरामा दोस्रो संस्करण रहेकोछ । यो मेला २ दिन सम्म चल्नेछ ।

मेलाका प्रमुख आकर्षणहरुः

१. निशुल्क प्रबेश ।
२.अन दि स्पोर्ट् फाइनान्सीङ्ग ।
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Loyalty Bonus ।
४. टेस्ट ड्राइभको व्यवस्था ।
५. फोटो सुटका साथै स्वादिष्ट परिकारका स्टल ।