आइतबार साँझपख मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना
  • अनलाइनपाना संवाददाता
  • आइतवार, जेष्ठ ५, २०७६
  • काठमाडौँ

आइतबार आज देशको पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको असरले देशभरीको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी पर्न सक्ने मौसमविद्हरु बताउँछन् । उनीहरुका अनुसार आज पश्चिमको मौसम खुल्ने संभावना कम छ ।

अहिले सफा रहेको काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम पनि दिउँसोपछि बदली भई बेलुकीतिर मेघ गर्जन सहित हावा हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

तीन दिनको मौसमसम्बन्धी विवरण :

जेठ ०५ गते (आईतबार)

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ०६ गते (सोमवार)

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि, पूर्वी तराई भूभागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ०७ गते (मङ्गलबार)

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि र बांकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । देशका पहाडी भूभाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।