अन्तत: प्रधानमन्त्री नरेन्द्र मोदीलाई लाग्यो ठुलो झड्का, पर्यो उजुरी
  • एजेन्सी
  • आइतवार, जेष्ठ ५, २०७६
  • काठमाडौँ

गुफा भित्र बास बसेका प्रधानमन्त्री नरेन्द्र मोदी अनैतिक र आचारसंहिता विपरित बसेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचनको मौन अवधिमा आफ्नो भ्रमणबारे व्यापक मिडिया कभरेज गराएर मोदीले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै विपक्षी कांग्रेस आइका सांसद प्रदीप भट्टाचार्यले उनी बिरुद्ध उजुरी दिएका हुन् ।

सो उजुरीमा उनले तत्काल मिडिया कभरेज बन्द गराउन आयोगसमक्ष माग गरिएको छ । गुफामा ध्यान गर्ने भन्दै शनिबार केदारनाथ पुगेका प्रधानमन्त्री मोदी मिडियामा छाएपछि विपक्षी दल आक्रोशित बनेको हो ।‘प्रत्यक्ष–परोक्ष जसरी होस् ।

मोदी मतदातालाई प्रभावित पार्न चाहन्छन्’, भट्टाचार्यले उजुरीमा लेखिएको छ, ‘यो अनैतिक कार्य हो ।’ केदारनाथको गुफामा ध्यानमा बस्ने बित्तिकै मोदीको फोटो र भिडियो मिडियामा छाउन थालेको थियो । उनले ।आज आइतबार सबेरै बद्रिनाथ प्रस्थान गर्नु अघि मिडियासँग कुराकानी पनि गर्न भ्याएका थिए ।आयोगले आचारसंहिता नभुल्न सचेत गराउँदै मोदीलाई उत्तराखण्ड भ्रमणको अनुमति दिएको थियो ।

तृणमूल कांग्रेस आइले पनि हिन्दु जनमत आकर्षित गर्न मोदीले नाटक गरेको आरोप लगाउँदै उजुरी दिएको छ ।मौन अवधिमा केदारनाथ विकासको गुरुयोजना घोषणा गरेरु मोदीले आचासंहिता नाघेको तृणमूलको भनाई छ । मोदी यसअघि पनि अभिनेता अक्षय कुमारसँगको अन्तर्वार्ताका कारण विवादमा तानिएका थिए ।

यो पनि पढ्नुहोस् 

चुनावको अघिल्लो रात, गुफामा मोदीको बास

नेपालको छिमेकि रास्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारको रात केदारनाथको गुफाभित्र बिताएका कुरा बाहिरीएको छ ।

भारतमा भएको लोकसभा चुनावको अन्तिम चरणको मतदान हुनुभन्दा अघिल्लो रात मोदीले हिन्दु धार्मिकस्थल केदारनाथको गुफामा ध्यान गरेका हुन्।मोदीले समुद्र सतहदेखि ११ हजार ७ सय फिट उचाइमा रहेको गुफाभित्र रात बिताएको जनाइएको छ।मोदीले ध्यान गरेको गुफाभित्र ओछ्यान, बत्ती र शौचायलको व्यवस्था गरिएको छ। गुफाभित्र मोदीले रातभरि नै ध्यान गरे वा निदाए भन्ने खुलाइएको छैन्।

उनलाई गुफाभित्र रातिको खाना पठाइएको थियो।भारतीय लोकसभाको चुनावी प्रचार सकेर मोदी शनिबार बिहान केदारनाथ गएका थिए। उनी आइतबार उत्तराखण्डमै पर्ने अर्को धाम बद्रीनाथ जाने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको यो तिर्थाटनलाई निजी भ्रमण भनिएको छ।यसैबीच मोदी उम्मेदवार रहेको बनारसलगायत ५९ सिटमा आज लोकसभाका लागि मतदान हुँदैछ।

आज हुने सातौं चरणको मतदानसँगै अप्रिल ११मा सुरू भएको भारतीय लोकसभाको मतदान प्रक्रिया सकिनेछ। भारतीय निर्वाचन आयोगले आगामी बिहीबार लोकसभा चुनावको मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ।