रावणको जन्म नेपालमा भएको तथ्य खुलासा !
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, जेष्ठ ७, २०७६
  • काठमाडौँ

रावणको जन्म नेपालमा भएको तथ्य खुलासा भएको छ ।
श्रीलंकामा भगवान झै पुजा गरिने रावणको जन्म नेपालको म्यादी स्थित पुलाचौरमा पछैंमा भएको तथ्य खुलेको छ । सितालाई हरण गरि लगेका रावणलाई नेपालमा राक्षसको रुपमा लिदैं आइएको छ ।

रावणका हजुरबुबा पौलस्थ्यले पुला क्षेत्रमा तपस्या गरि मन्दिर स्थापना गरि हवन गरेको त्यहाँ स्थित शिला लेखमा लेखिएको छ ।
पदमार्गी पर्यटकहरुको रोजाइमा पर्ने गरेको म्याग्दी जिल्लामा धार्मिक पर्यटनको पनि सम्भावना रहेकोछ । जिल्लाको बेनी नगरपालिकास्थित ‘पुलस्त्य पुलहाश्रम’ लाई विश्वकै पवित्र तीर्थस्थलका रूपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएको छ ।

विश्वका १५ वटा अति पवित्र तीर्थस्थलमध्ये श्रीमद्भागवत् महापुराणको सप्तम स्कन्दको अध्याय १४ मा ‘पुलस्त्य पुलहाश्रम’ का बारेमा उल्लेख गरिन्छ । विश्रवा ऋषिका छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा भएको विश्वास छ । रावण यहीं स्थानमा हुर्की–बढेको पुराणमा उल्लेख भएको बताइन्छ ।

पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’सँग विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको बुढापाका बताउँछन् । यहाँ रावणको नाभी गाडिएको भनिएको स्थान उनी खेलेको भनिएको ‘राउन्नेको पाटो’ जस्ता स्थान पनि छन् ।

कुरुक्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर तथा सीतारामाश्रम विश्वकै १५ अति पवित्र तीर्थस्थल भएको श्रीमद्भागवत् महापुराणमा उल्लेख छ ।