जीतको सम्भावना बढी भएपछि मोदीको आयो ८ शब्दको नयाँ नारा
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, जेष्ठ ९, २०७६
  • काठमाडौँ

भारतीय प्रधानमन्त्रीले जारी लोकसभा चुनावको मत गणनामा भारतीय जनता पार्टी नेतृत्वको एनडीएको पक्षमा बहुमत आउने सम्भावना बढी देखेपछि खुशी हुँदै नयाँ नारा ल्याएका छन् । २०१४ को चुनावमा पनि मतपरिणाममा आफ्नो जीत हुने सम्भावनासँगै भारतले जित्यो भन्दै अव खुशीका दिन आउनेछन् भन्ने नारा ल्याएका मोदीले आगामी ५ वर्षको लागि पनि नयाँ नारा तय गरेका हुन् ।

बिहीबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै प्रधानमन्त्री मोदीले ुसबैको साथ ं सबैको विकास ं सबैको विश्वास । विजयी भारतु नामको नारा ल्याएका छन् । एनडिएको पक्षमा स्पष्ट बहुमत आउने भएपछि नेपाल इजरायल लगायत विभिन्न देशका प्रधानमन्त्रीहरुले अग्रिम रुपमा मोदीलाई बधाई दिईसकेका छन् ।

भाजपाले पनि आधिकारिक घोषणा पूर्व नै साँझ ५ बजे भापजा केन्द्रीय कार्यालयमा भेला भएर खुशियाली बाँड्ने भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पनि मोदी निकटतम प्रतिस्पर्धी भन्दा ४ लाख भन्दा बढीले अघि छन् ।

सन्नी देवलको आमा छोरा नै भारी मतले अगाडि

भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका सन्नी देवल र उनकी सौतेनी आमा हेमा मालिनीले भारी मतले अग्रता हासिल गरेका छन् ।

बिहीबार जारी मत गणनामा दुबै आमा छोराले दिउँसो ३ बजेसम्मको मत परिणाम अनुसार ५० हजार भन्दा बढी मत अन्तरले आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछि पारेका हुन्।

गौरदासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडेका सन्नी देवलले १ लाख ९१ हजार मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी भारतीय काँग्रेसका सुनिल कुमार जाखारले १ लाख ४२ हजार मत ल्याएका छन् ।

त्यस्तै, उत्तरप्रदेशको मथुराबाट चुनाव लडेकी हेमा मालिनीले १ लाख २६ हजार मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कुँवर नरेन्द्र सिंहले ६१ हजार मत मात्रै ल्याएका छन् ।

कम्युनिष्ट नेता कनैया कुमार १ लाख ६६ हजार मतले पछाडि

भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभा उम्मेदवार कनैया कुमार १ लाख ६६ हजार मत अन्तरले पछि परेका छन् । जवाहरलाल नेहरु विश्व विद्यालयबाट विद्यावारिधि गरेका कनैयाले चुनाव चित्ने बारेमा भारतमा भन्दा पनि बढी नेपालमा चर्चा बढी चल्ने गरेको थियो ।

विशेषगरी नेपाली कम्युनिष्ट विचारधाराका लेखकहरुले उनको पक्षमा राष्ट्रिय दैनिकमा धेरै लेखहरु समेत छपाएका थिए । दिउँसो २ः४० सम्मको चुनावी नतिजालाई आधार मान्दा भारतीय जनता पार्टीका उम्मेलवार गिरिराज सिंहले २ लाख ९८ हजार मत ल्याउँदा कनैयाले भने केवल एक लाख ३१ हजार मत मात्रै ल्याएका छन् ।

भारतीय कम्युनिष्टहरुको यो चुनावमा निकै शर्मनाक हारको सम्भावना देखिँदै गर्दा चर्चामा रहेका नेता कनैयाको पनि स्थिति अरुको भन्दा सुधारिन नसकेको देखिएको छ ।