को-को छन् बम विस्फोटमा मृत्यु हुने ? हेर्नुहोस् नाम सहित अपडेट !
  • अनलाइनपाना संवाददाता
  • आइतवार, जेष्ठ १२, २०७६
  • काठमाडौँ

काठमाडौँको सुकेधारामा भएको बम विस्फोटमा परेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो भने घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो । बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

यता अनामनगरमा भएको बम विस्फोटमा परि लोकमञ्जरी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ भने घटनामा घाइते १ जना विप्लव समुहका विद्यार्थी नेता रवीन केसी रहेको प्रहरीले जानकारी दिएका छन् । प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेका छन् ।