आज हावाहुरीसहित पानी पर्ने , पर्सीसम्मको मौसम उस्तै
  • अनलाइनपाना संवाददाता
  • सोमवार, जेष्ठ २०, २०७६
  • काठमाडौँ

देशैभरिको मौसम आंशिकदेखि सामान्य बदली रही आज९सोमबार० पनि केहि ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ । जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरको मौसम बदली भई दिउँसो र बेलुकीपख पानी पर्नेछ ।

महाशाखाका अनुसार देशैभरि आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै रातिको समयमा देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य वदली र बाँकी भूभागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भु(भागका केही स्थानहरुमा तथा पुर्वी भु(भागका थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

जेष्ठ २१ गते ९ मंगलबार दिउँसोस् देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

रातिस् देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

जेष्ठ २२ गते बुधबार दिउँसो देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

रातिस् देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु(भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु(भागका १र२ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।