न्यायिक समितिले न्याय दिन नसक्दा…
  • दीपक शर्मा
  • बिहिबार, जेष्ठ २३, २०७६
  • बर्दिया

बर्दियामा उमेरले भर्षर लाउ खाउ जस्ता देखिएक एक युवा विगत एक वर्ष देखि निष्पक्ष न्यायका लागी दौडिरहेका छन । अझ त्यसमा न्यायिक समितिका पदाधिकारीले दिने मानसिक यातनाले जिवननै विरक्त लागेको छ ।बर्दियाको गुलरिया नगरपालिका वार्ड न ७ का मनोज यादव निष्पक्ष न्यायका लागी तारिख धाउन व्यस्त छन् ।

सामाजिक परम्परा अनुसार २०७० सालमा मनोज यादवले आफनै घर नजिकै सुक्की यादव सग मागी विवाह गरेका थिए । विवाह भएको केहि महिना सम्म सहजै तरिकाले दैनिकि जिवन चलिरहेको थियो । आर्थिक अवस्था निकै कमजोर रहेको मनोज यादवको त्यस बेला विवाह गर्ने उमेर पनि भएको थिएन त्यसो त सुक्की यादवको पनि उमेर पुगेको थिएन उनिहरु दुवैले बालविवाह गरेका हुन त्यो पनि सामाजिक परम्परा अनुुसार ।

विवाह भएको केहि वर्ष पछि यादव दम्पतीको परिवारमा नया सदस्यको आगमन भयो, छोरीको जन्म भएपछि पनि खुसी नै थिए । तर समय सधै एकनासको हुदो रहेन छ ,गुलरिया नगरपालिका वार्ड ७ गुलरिया गाउ जहा बाट गुलरिया बजार पुग्न वढिमा पैदल हिडेपनि ५ मिनेट लाग्छ , दैनिक आफनो खेतमा काम गरेर छाक टार्ने यादव दम्पतिलाई नजिकैको वजारको चहल पहल ले पनि छोएको थियो । तर आफु सग एउटा सामान्य मोवाइल बाहेक अरु केहि नभएको बताउछन मनोज यादव ।

२०७४ साल असोज ९ गते सुक्की यादव आफनी छोरीलाई लगेर झारफुक गराएर आउछु भनि सोहि गाउका जितेन्द्र यादव संग भागेको भन्ने खवर सुनेपछि मनोज यादव छाङ्गा बाट खसे जस्तो भए । सोहि दिन विहान माइत गई माइतमा छोरीलाई राखेर सुक्की जितेन्द्र सग टाप कसेकी रहेछिन । गाउ घरमा हल्ला भएपछि मनोजले वडा कार्यालय र नजिकै रहेको शसस्त्र प्रहरी सेनामुखमा निवेदन दिए ।

वडाले कुनै वास्ता गरेन प्रहरीले खोजतलास गरेपछि आफै सम्पर्कमा आएका जितेन्द्र र सुक्की , गाउका भद्र भलादमी र वडा सदस्यको रोहवरमा सवै जनालाई सगै राखेर कागज गरायर अव आइन्दा यस्तो कार्य नगर्ने भने पछि पुरानै पति अर्थात मनोज संग वस्ने भन्ने माइती पक्ष ,घर पक्ष साथै आगामि दिनमा यस्तो नगर्ने भनेर कागज गराइयो जितेन्द्रलाई । यति भैसकेपछि पनि सुक्कीलाई स्वीकार गरेर घरमा पुुन भित्राएका थिए मनोजले ।

तरपनि मनोजका लागी त्यो समय धेरै टिक्क सकेन , यसरी भएको सहमति लाई लत्याउदै सुक्की पुन जितेन्द्र सग भागेपछि फेरि समस्या आइलाग्यो । फेरी प्रहरीले दुवैलाई झिकायर भद्र भलादमि वसालेर छलफल गरायो २०७४ साल असोज ३१ गते, छलफलमा वडा सदस्य पनि सहभागी भए छलफलको निचोडमा सुक्कीलाई उनका मामाले आफनो घर लगे , ५ देखी ६ महिना सम्म सुक्की घर गइनन, छोरी मनोज सगै थिइन् ।

                                                                         तस्वीरमा : मनोज यादव र उनका बुवा मालति यादव

उता जितेन्द्रका आफन्तले उनको विवाह गरिदिए , केहि समय पछि सुक्कीले स्थानिय गुलरिया नगरपालिकामा रहेको न्यायिक समितीमा निवेदन दिइन, निवेदनमा विवाह दर्ता र नागरिकता बनाइदिनु पर्रो भन्दै उजुरी दिएपछि मनोजलाई फेरि संकट आइपर्रो, उनले पनि अडान लिए आफनो नामबाट नबनाइदिने विवाह दर्ता पनि नगर्ने, यति भैसकेपछि न्यायिक समितिले मनोजलाई पत्र काटयो तुरुन्त नगरपालिका आउनु भनेर, न्यायिक समितिमा न्याय दिनका लागी तमतयार रहेका उप प्रमुख सुसीला गीरीले आफुलाई धम्क्याएको मनोजले बताए।

उनका अनुसार आफना वुवा मालति यादव र आफुलाई बोलायर सुक्कीको पहिले विवाह दर्ता गराउने त्यसपछि नागरिकता बनाउने यो कार्य नगरे जेलमा थुनिदिने धम्कि दिएको उनले बताए । त्यति मात्र हैन तिम्रो नाममा रहेको सम्पत्ति पनी सवै सुक्कीको नाममा गरिदिने भने पछि मनोज चिन्तामा छन । सम्पतिको नाममा मनोज संग अंश वन्डा वाफत पाएको ३ कठठा मात्र जमिन छ ।

मनोजले विगतमा भएका सहमतीका कागजात देखाउदा पनि यसको कुनै मतलव नभएको न्यायिक समितिले व्यवास्ता गरेको उनको भनाई छ । सुक्कीका आफन्तले विवाह सुक्की मनोज संग नवस्ने भएपछि विवाह दर्ता र नागरिकता बनाइदिनु पर्ने बताउदै आएका छन । उनिहरुका अनुसार सुक्की भागेर गैसकेपछि मिलापत्र पछि मनोजले मानसिक यातना दिने गरेको बताएका छन् ।

उता न्यायिक समितिका सयोजक एव उप मेयर सुसीला गीरीले आफु कहा त्यो केस आएको बताउदै जो कसैलाई पनि यो पार्टि वा त्यो पार्टिको दृष्टिकोणले नहेरेको बताउदै आफुहरुले मिलाउने प्रयास गर्ने सम्भव नभए प्रहरी वा अदालतमा पठाउने बताउनु भयो । साथै उहाले मनोजलाई कुनै किसीमको डर नदेखाएको दावि गर्नु भयो ।

समाचारमा कसैलाई आरोप प्रत्यारोप लगाउन खोजिएको हैन तर न्यायिक समितिको काम के र कसरी भन्ने प्रश्न उठाउन खोजिएको हो । सुक्की अहिले माइतमा छिन , छोरी घरमा छिन मनोज न्यायका लागी दौडिरहेका छन त्यसमा न्याय अन्याय छुटयाउने निकायले दुवै पक्ष्ँलाई राखेर निष्पक्ष तरिकाले दुवै पक्षको जित हुने हितमा काम गर्न नसकिरहेको अवस्थामा अव यो केस कहा गएर टुंगिने हो यसै भन्न सकिने अवस्था छैन् ।