आदीबासी जनजाति चलचित्र विविधतायुक्त समाज झल्काउने ऐना हो: उपराष्टपति पुन
  • अनलाइनपाना संवाददाता
  • शनिबार, जेष्ठ २५, २०७६
  • काठमाडौँ

तेस्रो नेपाल आदीबासी जनजाति चलचित्र महोत्सव शुक्रबारबाट राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

तीन दिने महोत्सवको शुक्रबार उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आदीबासी जनजाति चलचित्र विविधतायुक्त समाज देखाउने ऐना भएकोले यस्ता चलचित्र निमार्ण र प्रबद्र्धनमा सबै पक्ष मिलेर लाग्नुपर्ने बताए ।

उनले नेपाल प्रकृति र संस्कृतिमा धनि रहेको प्रसंग उल्लेख गर्दै यसलाई भाषा तथा सस्कार संस्कृतिमा जोडेर समृद्धिमा जानुपर्ने बताए ।

नेपालमा एक सय २३ भाषाभाषीहरु रहेपनि हाल २० ओटा मात्रै भाषा प्रयोगमा रहेकोले आ आफ्नो भाषा संस्कृति जोगाईराख्नका लागि पनि यस्ता महोत्सवले सहयोग पुर्याउने उनले बताए ।

पुराना चलनचल्तीका भाषा संस्कृतिप्रति नयाँ पुस्तालाई सिकाउदै जानुपर्नेमा जोड दिदै आ(आफ्नो मौलिकतालाई संरक्षण गर्न सबैले पहल गर्नुपर्ने बताए ।

आदिबासी जनजाती चलचित्रको प्रवद्र्धन, मौलिक भाषा सस्कृतिको संरक्षण भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन समारोहमा विभिन्न जनजातिसँग सम्बन्धीत नाच प्रस्तुत गरिएको थियो ।

आइतबारसम्म चल्ने महोत्सवभर विभिन्न आदिवासी जनजाती सम्बन्धीत २० चलचित्रहरु देखाईने आयोजक आदीबासी जनजाती चलचित्र महासंघले जनाएको छ ।