सारेगमप का बिजेता आयुष केसी लाई बाजागाजा सहित भब्य स्वागत
  • अनलाइनपाना संवाददाता
  • सोमवार, जेष्ठ २७, २०७६
  • काठमाडौँ

भारतीय टेलीभिजन च्यानल जिटिभीको सारेगमप लिटल च्याम्स २०१९ को संस्करणमा सहभागी नेपाली बालप्रतिभा उत्कृष्ट नतिजा हासिल गर्दै आज नेपाल फर्केका छन्।

प्रतियोगिताको फाईनल सम्म पुगेका प्रितम आचर्य र आयुश केसी क्रमश तेस्रो र चौथो बिजेता बनेका छन् ।

२०७३ को सुरशाला जुनियर आईडलमा बिजेता बनेका आयुश र फर्स्ट रनर अप बनेका प्रितम दुबैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए । सानै बाट गीता सङितमा रुची राख्ने उनीहरु नै बिजेता बन्ने धेरैको अड्कल थियो ।

मुम्बईबाट आज नेपाल फर्केका आयुशलाई बिमान्स्थलमै उनका साथी र गुरुबर्ग सहित शुभचिन्तकले भब्य स्वागत गरे ।