सांगीतिक कार्यक्रम गर्न राजेश पायल सँगै मलेसिया गएका कलाकार अझै बेपत्ता
  • अनलाइनपाना संवाददाता
  • सोमवार, जेष्ठ २७, २०७६
  • काठमाडौँ

इदको अवसरमा सांगीतिक कार्यक्रम गर्न पुगेका नेपाली कलाकारलाई मलेसियन अध्यागमनले पक्राउ गरेको छ । मलेसियामा सांगीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने नियम छ । तर नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ । तर प्रक्राउ गर्नुको कारण भने खुलाइएको छैन ।

पक्राउ कलाकारहरुको विषयमा आज फेसबुक लाइभमा कुराकानी गदैँ चर्चित गायक राजेश पायल राईले उनीहरुको अवस्था अझै अज्ञात भएको जानकारी दिए ।

गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका थिए । मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा भएको कार्यक्रममा अध्यागमले छापा मारी उनीहरुलाई पक्राउ गरेकोे बताएका छन् ।