उत्कृष्ट महिला कलाकारको अवार्ड विना थापा मगरलाई प्रदान
  • अनलाइनपाना संवाददाता
  • सोमवार, जेष्ठ २७, २०७६
  • काठमाडौँ

तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट महिला कलाकारको अवार्ड मगर कथानक चलचित्र खुर्पेटोका नायिका विना थापा मगरलाई प्रदान गरिएको छ ।तेस्रो चलचित्र महोत्सवमा १३ वटा जनजातिहरूले निर्माण गरेका २० वटा चलचित्रहरू प्रदर्शन गरेका थिए ।

महोत्सवमा विभिन्न जानजातिका खानाका, भेषभुषा लगाएतका स्टलहरू समेत राखेको थिए ।नेपला आदिवासी जनजाति चलाचित्र महासंघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका प्रचार प्रसार विभाग प्रमुख विकु थोकरका अनुसार दैनिक २०,००० जनाले महोत्सवको अवलोकन गरेको बताउनुभएको छ ।

महासंघका अध्यक्ष अमृत सुनुवारले महोत्सव अहिलेसम्मकै उत्कृष्ट र भव्यताका साथ सफल भएको घोषणा गर्नुभएको छ ।

आदिवासी जनजाति चलचित्रलाई राज्यले अवहेलाना गरेको महासंघका उपाध्यक्ष तथा नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकुथोकरको भनाइलाई खण्डन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले गाली नगर्न अनुरोध गर्नु भयो ।

म पनि राई, लिम्बु, मगर, अथवा ६० प्रतिशत जनजातिहरूको बीचमा हुर्केको हुँ । त्यसैले म बहुन भएता पनि जनजाति नै हुँ । मैले जनजातिहरूले निर्माण गरेको चलचित्रहरूलाई कसरी न्याय दिन सकिन्छ, म दिन तयार छु । तर मलाई बहुन भएकै कारणले कतै पाएको अधिकार दिदैनन् कि भनेर शंका नगर्नु होला । अध्यक्ष भट्टराइले अनुरोध गर्नुभयो ।

उत्कृष्ट अवार्ड कस्ले जित्यो ?

सर्ट फिल्मकोे अवार्ड पुल्टी- राजवंशी समुदाय

वृत्तचित्र अवार्ड – छैँगु- सुनुवार समुदाय

उत्कृष्ट छायाकार अवार्ड-  युवराज राई

उत्कृष्ट महिला कलाकार अवार्ड- विना थापा मगर

उत्कृष्ट पुरूष कलाकार अवार्ड- बल बहादुर गुरूङ

उत्कृष्ट निर्देशक अवार्ड- जसमाया गुरूङ

उत्कृष्ट चलचित्र अवार्ड- के च्याब्रूङ

उत्कृष्ट पब्लिक च्वाइस अवार्ड- रिजेनाशा- गुरूङ समुदाय

महोत्सवमा आठ विधामा पुरस्कार प्रदान गरेको थियो भने धनराशि खुलाएको थिएन तर उत्कृष्ट पब्लिक च्वाइस अवार्डः रिजेनाशा गुरूङ समुदायलाई रू तीसहजार धनराशि प्रदान गरेको थिए ।

आयोजकले महोत्सवलाइ सफल बनाउन सहयोग गर्नुहुने विभिन्न संघ, संस्था र मिडिया र व्यक्तिहरूलाई कदर पत्र दिएर सम्मान गरेको थियो ।